[छिनको छिनमै सबको मन, बदलिन्छ यहाँ।
दिनको दिनै नयाँ कथा, रचिन्छ यहाँ।]...२

कसले कसलाई गर्छ यहाँ, निस्वार्थ माया।
जसले जसो गर्यो उसै, हुन्छ नेपालमा।
हे ... जे गरेनि, जसो गरेनि, चल्छ नेपालमा।...२

कसले सुन्छ यहाँ, कसले देख्छ यहाँ।
तिमी र म रोई कराएको।
जो छ महलमा, उसले लुट्छ यहाँ।
कसले गर्छ न्याय यहाँको।

शान्तिका दूत गौतम बुद्ध, जन्मे नेपालमा।
फेरी किन अशान्तिको आगो, बल्छ नेपालमा।
कसले स,क्छ कसले रोक्छ, अब यहाँ।
जसले जसो गर्यो उसै, हुन्छ नेपालमा।
जे गरेनि, जसो गरेनि, चल्छ नेपालमा।...२

माया अमर हुन्छ, प्रेम अजर हुन्छ।
यो त सबले, भन्छन यहाँ।
कोही हात थापी, कोही छाती पिटी।
फेरी किन रुन्छन यहाँ।
पल भरमै विस्वासघात गर्छन यहाँ।
धनसंग मन मुटु, साट्छन यहाँ।
सबले सबको स्वार्थ पूरा, गर्छन यहाँ।
जसले जसो गर्यो उसै, हुन्छ नेपालमा।
हे...जे गरेनि जसो गरेनि, चल्छ नेपालमा।...३
You Might Also Like These Songs
Total Views