यी हल्लाहरु हुन, तिमीले सुनेका।
कसैसंग मैले, मुटु साट्या छैन।
नपत्याए हेर, चिरेर यो छाती।
तिमीलाई मैले, कहिले ढाँट्या छैन।

[यो मनमा तिमी छौ, बचनमा तिमी छौ।
तिमी स्वप्न बन्दै, सजेकी नयनमा।]…२
म भेट्छु तिमी नै, यी फूलमा बहारमा।
यो निलो गगनमा, यो शितल पवनमा।
यो विश्वास गरिदेऊ, तिमीलाई नसम्झी।
कुनै रात मैले, कतै काट्या छैन।

यी हल्लाहरु हुन, तिमीले सुनेका।
कसैसंग मैले, मुटु साट्या छैन।

[म फुल्छु हँसिलो, लिई ओठ तिम्रै।
तिमी साथ हुन्नौ, मेरो अर्थ हुन्न।]...२
म भुल्छुमलाई पनि जिन्दगीमा।
तिमीलाई भुल्ने, सामर्थ हुन्न।
यो विश्वास गरिदेऊ, तिमीलाई नसम्झी।
कुनै रात मैले, कतै काट्या छैन।

यी हल्लाहरु हुन, तिमीले सुनेका।
कसैसंग मैले, मुटु साट्या छैन।
You Might Also Like These Songs
Total Views