[बिछोडको करौतीले, काट्नु मनै काट्यो।
जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।]…२
एउटा बाटो परदेश, अर्को घरदेश।
परदेशी र घरदेशीको, कहिले होला भेट।
बिछोडको करौतीले, काट्नु मनै काट्यो।
जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।

मरुभुमी बालुवामा, सपनाको खेती।…२
सिचाई हुदैँ बगेको छ, पसिनाको नदी।
आँखै भरि उनकै तस्विर, मनमा रोदी मादल।…२
बाहिर पोल्ने चर्को घाम छ, भित्र कालो बादल।
बिछोडको करौतीले, काट्नु मनै काट्यो।
जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।

थाहै हुन्न कुन बाटोले, भीरतिर लान्छ।…२
सुखका दिन आउने हो कि, पिर तिर तान्छ।
आशा बोकी जानेहरु, लाश बनि आउँछन।…२
कोहिका सुदिन फिर्छन कोहिले, पाउनु दुख पाउँछन।

[बिछोडको करौतीले, काट्नु मनै काट्यो।
जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।]…२
एउटा बाटो परदेश, अर्को घरदेश।
परदेशी र घरदेशीको, कहिले होला भेट।
बिछोडको करौतीले, काट्नु मनै काट्यो।
जाँदाजाँदै मुलबाटोको, दुईटा बाटो फाट्यो।



भक्कानो फुट्दा मनभित्र, तिम्रोसामु रुन सकिन।…२
चाहेर पनि, यो जूनिमा, म त तिम्रो हुन सकिन…२।
भक्कानो फुट्दा मन भित्र...

आशाको दियो मनको...२ ,निभायो पापी हुरीले।
माया गर्ने दुई मुटु, फुटायो बैगुनीले।
आँशुले नै चोट र पिडा सबै धुन सकिन।
चाहेर पनि यो जूनिमा, म त तिम्रो हुन सकिन…२।
भक्कानो फुट्दा मन भित्र।

रेटियो आत्मा, भत्कियो सपना, उडायो रहर।…२
हिजो सम्म प्यारो मौसम, शून्य लाग्छ आज संसार।
ढुङ्गा रहेछ तिम्रो मन, यो मनले छुन सकिन।
चाहेर पनि यो जूनिमा, म त तिम्रो हुन सकिन…२।
भक्कानो फुट्दा मन भित्र। 
You Might Also Like These Songs
Total Views