खाएको कसमको, लाज राख्नु है।…२
वाचा सबै याद राख्नु है।
[म नहुँदा नि प्रिय तिमी,
आफ्नो ज्यानको ख्याल राख्नु है।]…२

सिउदो तिम्रो नासो मेरो, पराईको सिन्दुरले न भर्नु है।
फर्की आउदा कुनै दिन, चिन्दिन प्रिय तिमी नभन्नु है।
शरीर टाढा हुदैमा प्रिय, छोडी गयो नठान्नु है।…२

मेरो याद आउदा तिमी, आँशुले नयन कहिल्यै नधुनु है।
तिमी रोए मुटु पोल्छ, टाढा तिमी कहिल्यै नहुनु है।
शरीर टाढा हुदैमा प्रिय, नाता तोडियो नठान्नु है।…२

खाएको कसमको, लाज राख्नु है, वाचा सबै याद राख्नु है।
म नहुँदा नि प्रिय तिमी, आफ्नो ज्यानको ख्याल राख्नु है।…२
You Might Also Like These Songs
Total Views