कहिले आउँछ होला, त्यो एकदिन।
जहाँ भारी नहोस, यो जीवन।
जहाँ एउटै बनोस, बिपना सपना।
अनि बैरी नहोस, आफ्नै मन।

[भीडमा खोजुँ कि, एकान्तमा खोजुँ।
शिशिरमा खोजुँ कि बसन्तमा खोजुँ।
दैव हे.... त्यो सपनाको गाउँ।
छ कहाँ, मलाई देखाउ।]…२

उडाउँछौ कहिले आकाशमा, बादल सरी हो।...२
झारी दिन्छौ फेरि किन, बनाई झरी।
बग्छु म फेरि पनि, खहरेकै भेल बनी।
लहरहरु दियौ, सागर छ खै कहाँ।
सपनाहरु दियौ, संसार खै कहाँ।
दैव हे.... त्यो सपनाको गाउँ।
छ कहाँ, मलाई देखाउ।

यति धेरै नाता र साईनो, सब निभाउनु नै छ हो।...२
एउटा नाता जोड्न अरु फुकाउनु रै छ।
सुल्झाउन खोज्छु जति, बल्जिन्छ गाँठो परि।
नाता हरु संगै,  बन्धन दियौ किन।
सपना हरु संगै, उल्झन दियौ किन।
दैव हे.... त्यो सपनाको गाउँ।
छ कहाँ, मलाई देखाउ। 
You Might Also Like These Songs
Total Views