तिमी देउ या नदेउ, तिम्रो माया।
मैले मन तिमीलाई बाँडिसकें।
मलाई देउ या नदेउ, तिमी स्विकृति।
मैले मनमा तिमीलाई राखिसकें।

हुन त यो नौलो चिनाजानी।
संकोच लाज बिचको कुराकानी।
तर लाग्छ मलाई...२ तिमी देख्दा।
मेरी बिगत जनमकी संगिनी।
तिमी नौली बन या पराई।
तिमीलाई हृदयले नै चिनिसकें।
मलाई देउ या नदेउ, तिमी स्विकृति।
मैले मनमा तिमीलाई राखिसकें।

तिमी साथ रहँदा, मलाई लाग्छ।
म जीवनको मधुमासमा छु।
जब हेर्छौ तिमी...२ मलाई लाग्छ।
म विश्वभरिकी सुन्दरी हुँ।
तिमी ठाँन न ठान, मलाई आफ्नो।
मैले तिमीलाई अपनाइसकें।

मलाई देउ या नदेउ, तिमी स्विकृति।
मैले मनमा तिमीलाई राखिसकें।
तिमी देउ या नदेउ, तिम्रो माया।
मैले मन तिमीलाई बाँडिसकें।

हिमालको काखमा छ, सानो मेरो गाउँ।…२
पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ…२।

कालो-कालो…२, बादलमा केश फ़िजाउछु।
कलकल बग्दै म यो, देश भिजाउँछ।
प्रभातमा…२,टल्किएको मोती जस्तो शित।
प्रभातमा टल्किएको, मोती जस्तो शित।
यो माटोमा रोपे कि हुँ, मैले चोखो प्रित…२।
पार्वती हो नाउँ।

यो देशमा…२, ल्याउछु म नयाँ नयाँ रंग।
रमाउदै गाउछु म, कोइलीको संग।
मेरो हासो…२, संगालेर फूल मग्मगाउछ।
मेरो हासो संगालेर, फूल मग्मगाउछ। 
पार्वती हो नाउँ।

रात पनि…२, निदाउछ , मेरो नयन मा।
नयाँ दिन उदाउछ, मेरो बदनमा।
बतासमा…२, हराउँदै गएपनि तर।
बतासमा हराउँदै गएपनि तर।
स्वर्गजस्तो नेपाल हो, मेरो माईती गाउँ…२।  
पार्वती हो नाउँ।

हिमालको काखमा छ, सानो मेरो गाउँ।
पर्वतकी छोरी हुँ म, पार्वती हो नाउँ…२।
You Might Also Like These Songs
Total Views