कसरि कसरि, कसरि।…२
जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
कसरि कसरि, कसरि।…२

हो, जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…२
मायाको डोरी तिमी मै, बाँधियो बेसरी।
मनले तान्यो मनलाई, चुम्बकले जसरि।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…२

खानुमा सबलाई, मन पर्ने, चट्ट चटनी।
अचेल के भो, देख्छु मात्र, तिम्रै सपनी।
सपनी सपनी, सपनी।…२
आहा, खानुमा सबलाई, मन पर्ने, चट्ट चटनी।
अचेल के भो, देख्छु मात्र, तिम्रै सपनी।
जानु है भन्छन पशुपति, काठमाडौँ पुगेसी।
मान्दैन यो मन जान कतै, तिम्लाई भेटेसी।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…२

रातैमा पर्दा आकाशैमा, नौलाखे तारा।
तिमी नै मेरो, मनको राजा, देउ न साहारा।
साहारा साहारा साहारा।…२
रातैमा पर्दा आकाशैमा, नौलाखे तारा।
तिमी नै मेरो, मनको राजा, देउ न साहारा।
पातैलाई गाँसी, बनाउने, दुना टपरा।
तिमीलाई रानी बनाएर, बन्छु म राजा।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…२

जुन झैँ राम्री, तिमीलाई, बोलाउँ म के भनि।
सरम लाग्छ, आँखा जुधाई, बोल्नु कसरी।
मायाको डोरी तिमी मै, बाँधियो बेसरी।
मनले तान्यो मनलाई, चुम्बक ले जसरि।
कति माया गर्छु तिमीलाई, देखाउनु कसरी।…३
कसरि कसरि, कसरि।…५ 
You Might Also Like These Songs
Total Views