मिर्मिरे बिहानीमा, झस्केर उठेछु।
गएराती सपनीमा, यो गीत गाएछु।
मिर्मिरे बिहानीमा।

हामी दुई मिलेर, हिमालचुली पुगौला।
हातेमालो गरेर, संगै बसी खेलौला।
स्वर्गको टुक्रा धर्तीमै, झरेर संगै बसौला।
चन्द्रमाको जूनले, गोरेटोलाई पोतौला।
मिर्मिरे बिहानीमा।

रिमझिम पानीमा, जूनकिरीको साथ।
झ्याउकिरीको स्वरमा, एक स्वर गाऔला।
मिठो पिठो भेटेको, मिलिजुली खाऔला।
संग्लो पानी हिमालको,संगै बसी पीऔला।

मिर्मिरे बिहानीमा, झस्केर उठेछु।
गएराती सपनीमा, यो गीत गाएछु।
मिर्मिरे बिहानीमा। 



एउटा तारा डाँडा वारी, अर्को तारा पारी।
नेटो काटी गएपनि, दिल हाराहारी।

पहरामा मूल फुटी, झरे दुई खोला।
तलपुगि दोभानमा, भेट हुनेहोला।
चखेवाको यता बास, चखेविको उता।
उही घाऊ मुटुमा छ, चाहे रहुन जता।

एउटा तारा डाँडा वारी, अर्को तारा पारी।
नेटो काटी गएपनि, दिल हाराहारी।

धर्तीबाट कति दुर, आकाश छ माथि।
एउटा को नाम जोडिएको, अर्को को छ छाती।
सुख साथै दुख यहाँ, घाम संगै छाया।
बिछोड मै चिनिन्छ रे, के चिज हो माया।

एउटा तारा डाँडा वारी, अर्को तारा पारी।
नेटो काटी गएपनि, दिल हाराहारी।


नेपाली हामी रहौंला कहाँ, नेपालै न रहे।...२
उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालै न रहे।...२

तराई हाम्रो सुनका टुक्रा, हिमाल हिरा हो।
माटो र पानी पहिलो धन, धर्तीका छोरा को।
ये कहाँ बाट संसार हेर्छौ, सम्झनै  नरहे।...३

दशैं र तिहार रमाइलो हाम्रो चुटका र ख्यालीले।
हृदय हाम्रो जुर्मुराउञ्छ, जीत को जाली ले।
बैशको तालमा नाचौला कहाँ, मादलै न रहे।...३

ये कति राम्रो बिहानी पख, घाम को रेखी हो।
सभ्यता पहिलो संसारमा फैल्यो,हिमाल देखि हो।
बिउझौला कहाँ पूर्वको पहिलो, उज्यालै न रहे।...३

नेपाली हामी रहौंला कहाँ, नेपालै न रहे।...२ 
You Might Also Like These Songs
Total Views