[हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि।
खुशी मिलनमा नआउने भो, यहाँ बिछोड भएको देख्यौ कि। ]…२
हे फूल …

माईती घर साथी संगी, सबैलाई सम्झी।…२
डोली चढ्दा दुलही रुन्छे…२, घुम्टोभित्र लुकी।
हे फूल …

पन्छी सबै उडेपछि, गुड रित्तै हुन्छ।…२
यो माटोलाई छोडी गए…२, देउराली यहाँ रुन्छ।

हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि।
खुशी मिलन मनाउने हो, यहाँ बिछोड भएको देख्यौ कि।

हे फूल …     
You Might Also Like These Songs
Total Views