तिमी विनाको जिन्दगी, हो हो हो, हो हो।

[तिमीबाहेक बिताएका दिनहरू,मेरो उमेरमा जोड़दीन।
तिमीबाहेक, कटाएका पलहरु,मेरो आयुमा गन्दीन।]…२
किनकी, किनकी, तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…२


[तिमी नभए, जहाँको त्यही, रोकिन्छ समय।
प्रलय हुन्छ, संसारै मेरो, चल्दैन ह्रदय।]…२
फुटेको थैला सरी हुन्छ।
वैरी झै कठैबरी हुन्छ।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…२


[हाम्रो भेट कहिल्यै, नभाको भए, के देख्थे सपनी।
तिम्रो नाम मैले, नसुन्या भए, कस्को नाम जपने।]…२
सम्झनै रित्तो रित्तो हुन्थ्यो।
कल्पनै निस्तो निस्तो हुन्थ्यो।
तिमी विनाको जिन्दगी।
जिन्दगी नै भन्दीन, म जिन्दगी नै भन्दीन।…६

फुल हैन काँडा काँडै बाटो हिंडौला। 
फुल हैन काँडा काँडै बाटो हिंडौला।
सम्म हैन डाँडा डाँडै पनि चढौंला।
सम्म हैन डाँडा डाँडै पनि चढौंला।
सँगसँगै जिन्दगीको सुख हैन।
दुखै दुख पनि काटौंला।
दुखै दुख पनि काटौंला।

बाचा कसम के खानु, माया गर्छु के भनुँ।
आँखा रुन्छ तिमी टाढा हुँदा।
तिमीबिना बाँच्दिन म, के भनुँ।
औंला चिरि रगतको, बेहुली आजै बनाउँला।
आँखा नलागोस् यो दुनियाँको,परेली भित्रै लुकाउँला।
साथ पाए जन्मौजन्म खुसी हैन।
आँसु आँसु बिच मुस्काउँला।
आँसु आँसु बिच मुस्काउँला…२

जे हुन्छ सहुँला, परे मरिजाउँला।
भन्छौ भने देह त्याग्छु म।
अरु कसैको नि मलाई हुन नपरोस।
जलेरै खरानी भए, आकासमै बिलाए।
अटल रहन्छ प्रिती, मरेरै हामी गए।
विश्वासको भरोसामा नजिक हैन।
टाढै भए पनि रमाउँला।
टाढै भए पनि रमाउँला।
You Might Also Like These Songs
Total Views