तिमी यस्तो माया देउ मलाई, कि हाँसेर जिउन सिकूँ।…२
तेस्तै माया मलाई पनि देउ, सारा संसार भुल्न सकूँ।…२
तिमी यस्तो माया देउ मलाई, कि हाँसेर जिउन सिकूँ।

चट्टानमा पनि, म फूलिदिन्छु, मायालु फूल बनि।
मायाकै भरमा, म बाचिदिन्छु, चाहिन्न केहि पनि।
तिमी यस्तो माया देउ मलाई, कि हाँसेर जिउन सिकूँ।…२

मायाको ताप देउ, सधै मलाई, न्यानो किरण बनि।
हाँसी-खुशीले म बाँचीदिन्छु, हिउँको चिसोमा पनि।
तिमी यस्तो माया देउ मलाई, कि हाँसेर जिउन सिकूँ।…२
तेस्तै माया मलाई पनि देउ, सारा संसार भुल्न सकूँ।…२
तिमी यस्तो माया देउ मलाई, कि हाँसेर जिउन सिकूँ।


देउराली भाकें हजुर, देउ-देउता भाकें हजुर।
त्यो माया पाउँन हजुर।…२
मिले झैँ लाग्यो हजुर, चाहना हाम्रो हजुर।
नजिक आउ न, हजुर।…२

सुनकोशी नदी…२, सुनैको खानी।
सुन बग्छ पानीमा।
बेर है होला, लाउन लाई माया।
एक बारको जुनीमा।…२
देउराली भाकें हजुर, नजिक आउ न हजुर।

बतासले हो कि…२, काफल गेडी, भुईभरि झरेछ।
लाउनलाई माया, आजको दिन, साईत जुरेछ…२।

देउराली भाकें हजुर, देउ-देउता भाकें हजुर।
त्यो माया पाउँन हजुर।…२
मिले झैँ लाग्यो हजुर, चाहना हाम्रो हजुर।
नजिक आउ न, हजुर।…२
त्यो माया पाउँन हजुर, नजिक आउ न, हजुर।  
You Might Also Like These Songs
Total Views