बहारसंगै उड्यो मन, किन थाम्दैन।...२
पल-पल तिम्रो याद आयो...२, यो मन मान्दैन।
बहारसंगै उड्यो मन, किन थाम्दैन।

चाँदनी रातको, जूनको किरणसरी, तिमी आई,
न्यानो स्पर्श देऊ।
संगीतको मधुरो, सरगम बनि, जिवनमा,
राग नँया सजाउ।

पल-पल तिम्रो याद आयो...२, यो मन मान्दैन।
बहारसंगै उड्यो मन, किन थाम्दैन।

हरियाली मौसम, रिमझिम वर्षात, भै आयो,
बसन्त रितु बनी।
सागर झैँ गहिरो, नदी झैँ कलकल, तिम्रो माया,
बग्यो प्रीत बनी।

पल-पल तिम्रो याद आयो...२, यो मन मान्दैन।
बहारसंगै उड्यो मन, किन थाम्दैन।



प्रीत विना योवन...२, अफाप नै भयो।
तिमीविना संसार...२, उजाड उजाडै भयो...२।
प्रीत विना योवन।

सम्झना आउछ हर पल मलाइ,  बन्धन त्यो मायाको।     आँखामा आउछ झल्झली तस्बि, मिलन त्यो रातको।
धोका हुन्छ भन्ने, शंकै थिएन मनमा , सहुँ म कसरि।

मनको पाना भरि केवल तिम्रै नाम लेखेथे।
यो दुइ दिनको जीवन भरि तिम्रै माया रोजेथे।
धोका हुन्छ भन्ने, शंकै थिएन मनमा , सहुँ म कसरि।

प्रीत विना योवन, अफाप नै भयो।
तिमीविना संसार, उजाड उजाडै भयो।
You Might Also Like These Songs
Total Views