फूल भन्छ फुलि रहुँ जुन भन्छ चम्कि रहुँ।...२
मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु।
बाँचुन्जेलीलाई...४

नदी भन्छ बगी रहुँ, सृष्टि भन्छ चलि रहुँ।...२
मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु।
बाँचुन्जेलीलाई...४

[नपरोस् बचनले घोच्न, बरु ओठ सिएरै बस्छु।
बिझाउँदिन आँखाहरुमा बरु आफैं उडि दिन्छु।]...२
कसैको दुखमा हासँदा, कस्लाई पो शान्ति मिल्छ।
सपना त सपना हो, बिपनीमा रित्ति हाल्छ।
बिपनीमा रित्ति हाल्छ।
बाँचुन्जेलीलाई...४

[नपरोस् टुटेर जाने, कसम र किरिया खान।
नपरोस् छिन भरको लागी, झिनो साहारा बन्न।]...२
सुन झै सुन्दर तारा, कस्ले पो टिप्या छ र।
मरे पछिको स्वर्ग, कस्ले पो देख्या छ र।
कस्ले पो देख्या छ र।
बाँचुन्जेलीलाई...४
You Might Also Like These Songs
Total Views