पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।…२
दिन हो कि रात हो, के हो के भो, थाहै हुन्न।...२
पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।

[मोहनी लायौ कि, तिमीले मलाई।
मेरो मनभित्र, माया भै जाग्यौ, खै के भो के भो ]...२
माया बसेकै हो कि, के हो के भो, चालै पाईन।...२
पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।

[सपनीमा पनि देख्ने गर्छु, कल्पनाको सागर तर्छु।
के जादु गर्यौ तिमीले।]...२
तेसै तेसै टोलाई रहन्छु, के हो के भो, थाहै पाईन।...२
पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।

दिन हो कि रात हो, के हो के भो, थाहै हुन्न।...२
पलपल तिम्रै सम्झनामा, डुबिरहन्छु म।



ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।
रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।
ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।
सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।
ओ मेरो प्रियतम।

ओ मेरो देवता, ओ मेरो आत्मा, ओ मेरो साहारा।...२
नदुखाई देउ, नघोचिदेउ, यो मुटुमा तिमी नै छौ।
नछोपिदेउ, त्यो नयन तिम्रो,तिम्रै निम्ती नै हो यो बदन मेरो।

ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।
रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।
ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।
सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।
ओ मेरो प्रियतम।

तिम्रै हुँ पुजारी, तिम्रै हुँ प्रियशी, तिम्रै हुँ जीवन साथी।...२
राखिदेऊ, साँचिदेऊ, तिमीभित्र मलाई बाँधीदेऊ।
भनिदेऊ, बोलाईदेउ, तिमी मलाई मिठो आभाष देऊ।

ओ मेरो प्रियतम, मेरो प्यार मेरो जीवन।
रुखो सम्झी हो हो, नदुखाऊ मेरो मन।
ओ मेरो प्रियतम, निष्ठुरी भएउ के कारण।
सायद यति नै हो कि हो, तिम्रो प्यास, मेरो योवन।
ओ मेरो प्रियतम।…४ 



[चिसो बतासले मलाई, संदेश के ल्यायो।
आज फेरी मलाई जिउन, मन लाग्यो।
मायालु, याद तिम्रो आयो।...२]...२

अतितका सम्झना, आँखाभरी नै धेरै छ। ... २
पिर व्यथा सबै, मुटुभरी नै धेरै छ।
मायालु, याद तिम्रो आयो।...२
चिसो बतासले मलाई, संदेश के ल्यायो।

यो सम्झना, यो सपना साकार बनाउने रहर छ।...२
एकै फेर फेरी, संगै हास्ने धोको छ।
मायालु, याद तिम्रो आयो।...२

चिसो बतासले मलाई, संदेश के ल्यायो।
आज फेरी मलाई जिउन, मन लाग्यो।
मायालु, याद तिम्रो आयो।...२
You Might Also Like These Songs
Total Views