[सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।]…२

[पीरहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ।
खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ।]…२
आँसु आँसु हुन्न जीवन, खुशी खुशी हुन्न जीवन।
भेट्यो जसले, उस्तै हुन्छ , रोजे जस्तो हुन्न जीवन।

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।

[घाम ताप्न पर्खिबस्यो, पानी उसै बर्षिदिन्छ।
अँध्यारो मै रमु भन्दा, उज्यालो पो सल्किदिन्छ।]…२
पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन।
एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन।

सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन…२।  

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे।
आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले…२।
तिमी मलाई छोडीगैसकेको मात्रै के थियो।
तिमी फर्कने दिन, म हतारिदै गन्न लांगे…२।

[यो दुई दिनको बिछोड पनि कति नमिठो।
के बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो।]…२
मान्छेको हुल बीच पनि, सुन्य पन कस्तो।…२
ताराहरु लाई छोडी चन्द्र लुकिदिए जस्तो।     

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे।
आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले…२।

[यी दिन, यी रातका हरपल नरमाईला।
लाग्छ समय नै सुस्तिएर, चलिदिए जस्तो।]…२
ति मिठा गीतका धून पनि, कति झर्को लाग्दा।…२
फूल झरी, काँडा मात्र बाँकी भईदिए जस्तो।

तिम्लाई हाँसेर विदा मात्र दिई सकेंथे।
आँसु झरिसकेछन, म तिम्लाई पुछ्न थांले…२। 

उकाली ओराली हरुमा, भन्ज्यांग अनि चौतारी हरुमा।
सुन्दर ति, दह हरुमा, हिमालका विशाल छातीहरुमा।
जहाँ जहाँ जान्छौ तिमी, म पाईला बनि पछ्याई रहन्छु।
ति छहरा, खोला, खहरेहरुमा, सम्झना बनि बगिरहन्छु।
उकाली ओराली हरुमा।

तराईका हरिया फाँटमा, पहाडका तरेलीहरुमा।…२
हिमालका सुन्दर, अनि विकट ति, बस्ती-बस्तीहरुमा।
जहाँ जहाँ जान्छौ तिमी, म बाटो बनि साथै आईरहन्छु।
ति सुस्केरा,थकाई,सुसेलीहरुमा, गीत बनि गुन्जिरहन्छु।
उकाली ओराली हरुमा।

मुटु कमाउने जाडो हरुमा, कपाल दुख्ने गर्मीहरुमा।…२
मन हर्ने सुन्दर दृष्य, शान्त-शितल वातावरणमा।
जहाँ जहाँ जान्छौ तिमी, म आकाश बनि देखिरहन्छु।
ति लेक,बेशी अनि पाखा हरुमा, पवन बनि भेटिरहन्छु।

आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला...२।
आए पनि म हेरी रहुँला, गए पनि हेरी रहुँला...२।

[कहिलेकाहिं दृष्टि पनि, म्वाई भन्दा मिठो हुन्छ।
कहिलेकाहिं छायाँ पनि, माया भन्दा न्यानो हुन्छ।]...२
तिम्रो बाटो छेक्दिन म, देख्नै मात्र पाए पुग्छ।
आए पनि हेरी रहुँला, गए पनि हेरी रहुँला।
आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला...२।

[बसन्तमा सबै फूल, फुल्नै पर्छ भन्ने छैन।
जिन्दगीमा सबले बाजी, जित्नै पर्छ भन्ने छैन।]...२
तिम्रो चित्त खोस्दिन म, हातै मात्र पाए पुग्छ।
आए पनि हेरी रहुँला, गए पनि हेरी रहुँला।
आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला...३।

नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई...२।...२
नफर्के सम्म, पर्खेर बस्छु, सम्झनाको दियो जलाई,
बिर्सने पो हौ कि। नौ सय खोला।

बादलले ढाके, म रोइरहेछु भनेर ठाने है।...२
बाडुल्की लागे, म सम्झिरहेछु भनेर ठाने है।...२
सम्झिरहेछु सम्झिरहेछु जाने है।
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई...२।
नौ सय खोला।

बतास चले, म छटपटाए भनेर सोचे है ...२
घामले पोले, म बिरामी भए भनेर जाने है।...२
सम्झिरहेछु सम्झिरहेछु जाने है।
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई...२।
नौ सय खोला।

बिजुली चम्के, निन्द्रामै बिउझे भनेर बुझे है।...२
हिउ नै परे, म यहिँ नै मरे भनेर बुझे है।...२
सम्झिरहेछु सम्झिरहेछु जाने है।
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई...२।
नफर्के सम्म, पर्खेर बस्छु, सम्झनाको दियो जलाई,
बिर्सने पो हौ कि। नौ सय खोला।

फुलको थुँगा बहेर गयो, गंगाको पानीमा।
कहिले भेट होला है राजै, यो जिन्दगानीमा।

झरीको पछि, झुल्केको घाममा, निर्झर पहाडको।...२
भर्खरै प्रिती बसेको बेला,पिर पर्यो बिछोडको।
कहिले भेट होला है राजै, यो जिन्दगानीमा।

नहाँसु भने, सखीलाई पिर, मै हाँसु कसरि।...२
रुऔला राती, भनेर आँसु, मै साचुँ कसरि। 
कहिले भेट होला है राजै, यो जिन्दगानीमा।

रातमा मलाई, हेर्दछ टोलाई, पुर्वको ताराले।...२
त्यो कान्तीपुरमा, सपनाको सुरमा, सम्झ्यो कि प्याराले।
कहिले भेट होला है राजै, यो जिन्दगानीमा...२।;

[F: ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो।
M: जादैन वाचा खेर, पर्ख लिन आउला।]...२  
F: ए कान्छा।

[F: मिर्मिरे उषामा, औठी साट्न आउनु।
F: सिरमा रेशमी फेटा बाँधी आउनु।] ... २
M: अमुल्य हीरालाई, फुलैफुलको डोली।
M: बाजालाई अघि लाई, बैशाखैमा आउला।
F: ए कान्छा।

[M: ओभानो सिउदोमा, सिन्दूर छरीदिउला।
M: सुनको चुराले, नाडी सजाई दिउला।] ... २
F: सितारा जडेको, घुम्टो म ओढी।
F: सुस्तरी,लाजले निहुरी म आउला।

F: ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो।
M: जादैन वाचा खेर, पर्ख लिन आउला।
F: ए कान्छा।

शुभकामना भरि हरेक स्वासमा,
तिम्रो दिर्घायुको कामना गर्न सकूँ म।
शुभकामना भरि हरेक पलमा,
तिम्रो जीवनमा सुभाष छर्न सकूँ म।

आँखाका दुइ घडा प्रीतले भरेको।
हरेक बूँदले अभिषेक देओस।
श्रदा भक्ति विश्वास मायाले उनेको।
हर शब्द यो मंगल माला बनोस।
शुभकामना भरि हरेक उषामा।
तिम्रा बिहानी हरु रंगाउन सकूँ म।

मुटुको दियोमा संधै बलि रहने।
अखण्ड बत्ति पथदर्शक रहोस।
सदुवाको सिउँदोमा झल्कि रहने,
सिन्दूर झै शुभ त्यो जीवन बनोस
शुभकामना भरि हरेक सन्ध्यामा,
तिम्रा साँझहरु सजाई दिन सकूँ म।

कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी। ...२
हातभरी फुरा उठ्यो, जुरको डाली खन्दा।
मेरो जुनी यसै बित्यो भेटहोलाकि भन्दा।
बाढी आयो काली गंगा कुनाकानी खेल्दै।
हजुरलाई भेटौ भनि आको म त खेल्दै।

कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी। ...२

शिरमा लाउने शिरको टोपी, पाउमा लाउने जुत्ता।
मन त मेरो दोमन भयो यता जाउ कि उता।
खेतीपाती नै र हुने, ठुला रुख मुनि,
मनको कुरा मन मै रहनी जैले सुकै पनि।

कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी। ...२
You Might Also Like These Songs
Total Views