C                   F                         A#    C
नमान लाज यस्तरी, कि झुम्छ जिन्दगी मेरो…२।
C                   F 
नमान लाज यस्तरी। 
C                   F                         A#    C
नआउ सामु यस्तरी, कि अढ्छ ढुकढुकी मेरो…२।
C                   F 
नआउ सामु यस्तरी। 

F                C       F             C           F
त्यो घुम्टो म उचाँलु कि, मुहार त्यो नियाँलु कि। 
F                    F                A#    C
भुलेर आफुलाई नै, हजुर मै हराउँ कि…२।
C                   F           F              A#    C
नमान लाज यस्तरी,कि अढ्छ ढुकढुकी मेरो।
C                   F      
नआउ सामु यस्तरी। 

यो वैशमा बतासिदै, न आउ न अतासिदै। 
के थाहा भोली कल्पीई, रुनु छ कि निसासिदै…२।
नआउ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो।
नमान लाज यस्तरी।   

यताउता नशा छरौ, मिठामिठा कुरा गरौँ। 
कि हामी एक अर्काको, नगिच मै, जिऔ मरौं…२।
नमान लाज यस्तरी, कि अढ्छ ढुकढुकी मेरो…२।
नआउ सामु यस्तरी। 

जतन गरेको दिल मेरो। नटिप है यो फूल मेरो। 
म प्रेममा डराउँछु, हुने होकी यो भूल मेरो…२।
नआउ सामु यस्तरी,कि झुम्छ जिन्दगी मेरो।
कि अढ्छ ढुकढुकी मेरो, कि झुम्छ जिन्दगी मेरो। 
कि अढ्छ ढुकढुकी मेरो, नआउ सामु यस्तरी। 
नमान लाज यस्तरी। 




[यो नानीको शिरैमा, इन्द्रकमल फुल फुल्यो।
मगमग चल्यो वासना।]... २
[अनिदोले हो कि, मोहनीले हो कि।
यो नानीको शिरै ढल्केको।]...२

[हामी पनि रितिन्गको, तिमी पनि रितिन्गको।
लाईदेऊ माया एकै किसिमको।]...२
[चोली दिउँला मखमली, सारी दिउँला फाइवर।
मै हुँ कान्छी, रेलको ड्राइबर।]...२

[अन्कुशीले तानुकी, झट्टारोले हानुकी।
यो नानीको शिरमै मोहिनी।]...२
[पालुङ्ग्टारको गोरुले, सल्यान गाउँ को बिउ खायो।
कान्छी ल्याउदा, जेठी जिल खायो।]...२

[यो नानीको शिरैमा, इन्द्रकमल फुल फुल्यो।
मगमग चल्यो वासना।]...२



[तारा मात्रै हैन तिमीलाई, जूनै दाईजो दिईदिउँला।
माग तिमी तिमीलाई मेरो, जिन्दगी नै दिईदिउँला।]…२

तिमीलाई मेरो...२, झिलीमिली, आकाश नै ओढाउँला।
त्यो पाऊमा, रंगीचंगी बसन्त चढाउँला।
तिमीले पाऊ टेक्ने ठाउँमा, शितका थोपा छरि दिउँला।
तिमीले सास, फेर्ने ठाउँमा, सुबासले भरि दिउँला।

तारा मात्रै हैन तिमीलाई, जूनै दाईजो दिईदिउँला।
माग तिमी तिमीलाई मेरो, जिन्दगी नै दिईदिउँला।

तिमीलाई मेरो...२, मुटुको यो ढुकढुकीले जगाउँला।
ती नशामा, जोवनको मधुर धारा बगाउँला।
सुकुमारी तिम्रा ओठ ति, ओठमा संगालुला।
तिमीलाई मेरै न्यानो न्यानो, अंगालोमा म अंगालुला।

तारा मात्रै हैन तिमीलाई, जूनै दाईजो दिईदिउँला।
माग तिमी तिमीलाई मेरो, जिन्दगी नै दिईदिउँला।



[पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन।
बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२।]..२

शहरको भिडमा म एक्लो..२ हल्लाले छुदैन।
रानी बनको एकान्तमा पनि, मन चुप हुदैन।
पहाडमा पनि शान्ति छैन।
तिम्रो याद नआउने कुनै ठाउँ नै छैन।
पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन।
बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२।

संसार देखि भागौला..२, तिमीबाट सक्दिन।
आतिएर मन उड्न खोज्छ, तर मुक्ति पाउदिन।
सपनामा पनि शान्ती छैन।
तिम्रो याद नआउने कुनै ठाउँ नै छैन।
पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन।
बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२।
पर लैजाऊ फूलहरु।


घुम्तीमा नआउ  है।
घुम्तीमा नआउ  है, आँखा तिमी जुदाउन ...२ ।
बाधिए माया फेरी, गार्हो हुन्छ फुकाउन-फुकाउन।
घुम्तीमा नआउ  है।

भोली जब हुन्छौ हामी, हो ....हामी,
एक अर्कासंग टाढा-टाढा।
फुल जस्तो माया पनि, बिझाउने बन्छ काढा-काढा।
सुस्केरामा रात बित्छ, सक्दैनौ निदाउन-निदाउन।
घुम्तीमा नआउ  है।

बतासमा उढ़ी-उढ़ी, हो.. उढ़ी, आउछ, गीत मुटु चुम्न...२।
एकदिन दुखि बनि, पर्छ प्रित सम्झी रुन-रुन।
आउदैन आगनीमा, पापी जुन चिहाउन -  चिहाउन।
घुम्तीमा नआउ  है।

घुम्तीमा नआउ  है, आँखा तिमी जुदाउन ...२ ।
बाधिए माया फेरी, गार्हो हुन्छ फुकाउन-फुकाउन।
घुम्तीमा नआउ  है।
You Might Also Like These Songs
Total Views