[संयौ चोटी मरिसकें म, अझै मलाई, मार्न नखोज।
छियाछिया छ, यो छाती मेरो, अर्को चोट, पार्न नखोज…२।]…२

दुई दिनको झुठो साथ रहेछ, वैशको तिम्रो मात रहेछ।…२
बुझ्नै सकिन मैले त्यो तिम्रो, मिठो बोली नै घात रहेछ…२।
आउँदिन तिम्रो जीवनमा फेरी, रुखो बचनले मार्न नखोज।
छियाछिया छ, यो छाती मेरो, अर्को चोट, पार्न नखोज…२।

भाग्यले आज छलेर गयो, दैव नि म संग निष्ठुरी भयो।…२
फुटेर गए सपना सारा, मुटुमा केवल खोट नै रह्यो…२।
मै सहिदिउँला कर्मको खेल, झुठा ति आँसु झार्न नखोज।
छियाछिया छ, यो छाती मेरो, अर्को चोट, पार्न नखोज…२।

ए नि लै लै, रातैभरि हुरी चलेछ।…२
बिर्सिदिने मायालुको, यादले पोलेछ।
रातैभरि हुरी चलेछ।…२
ए नि लै लै, रातैभरि हुरी चलेछ।

फर्किफेरी आउँछिन भनि, आसैआसमा जीवन ढलेछ।…२
उनको यादमा बाँच्न अब, बानी परेछ।
रातैभरि हुरी चलेछ।…२
ए नि लै लै, रातैभरि हुरी चलेछ।

मलाई दिने माया पनि, आज किन अन्तै सरेछ।…२
बिर्सुभन्छु सम्झना झन, बढीदिएछ।
रातैभरि हुरी चलेछ।…२

ए नि लै लै, रातैभरि हुरी चलेछ।…२
बिर्सिदिने मायालुको, यादले पोलेछ।
रातैभरि हुरी चलेछ।…२
ए नि लै लै, रातैभरि हुरी चलेछ।

मायालु मुहार तिम्रो, मिठो छ, मिठो लाग्छ बोली।…२
तिमीविना जिउन गार्हो…२, नजाऊ नजाऊ, मलाई छोडी…३।

तिम्रै छेऊ बस्छु म त, नजाऊ कतै टाढा।…२
माया बस्यो मुटुभित्र, रगत भन्दा गाढा…२।
अन्तै तिमी बाटो मोडी…२, नजाऊ नजाऊ, मलाई छोडी…३।

तिमी मेरो अप्सरा हौ, तिमी नै हौ परी।…२
साँचेको छु माया मैले, तिमीलाई नै भनि…२।
छुटाएर हाम्रो जोडी…२, नजाऊ नजाऊ, मलाई छोडी…३।

Batuwa




जिन्दगीको गोरेटोमा, हिड्ने बटुवा म एक।
भेट्छु म थरि-थरिका पात्र अनेक।
सुख दुख, घाम-पानी देखें हरेक।
हुदोरैछ हर क्षण उतारचदावमा
पाइला प्रत्यक। ... २

खाली कागजमा, आउछन कोहि भर्न, धेरै रंग।
थाहै नदिई, च्यातेर जान्छन शरीरका थोरै अंग।
कठिन बाटोमा साथ, दिन्छन थोरै अपरिचित।
मधुर यात्रा बिथोल्न आउछन, कयौ परिचित।

[जिन्दगी भर, कोही भ्रममा जिए त।
कोही जिन्दगीभर भ्रममा पार्दै जिए। ]...२
साँचोलाई झुठो, झुठोलाई साँचो पार्दै।
एक मानसले सयौ मुकुण्डो फेर्दै जिए।

जिन्दगीको गोरेटोमा, हिड्ने बटुवा म एक।
भेट्छु म थरि-थरिका पात्र अनेक। ….३ 



जलेर मुटु खा:क भयो।...२
ठाउँ छैन तिम्लाई राख्ने।
मनभरि छुरा चल्यो।…२
जलेर मुटु खा:क भयो।...५

नखोजेको होइन मैले।...५
तिम्रो प्रीत साछी राख्न।
तर आज छोडीगएउ।
सपना जति तोडीगएउ।...२
जलेर मुटु खा:क भयो।

नलेखेको होइन मैले।…५
तिम्रो नाऊ छातीभरि।
तर आज मेटी गएउ।
नदेखिने चोट दिएउ।...२
जलेर मुटु खा:क भयो।

ठाउँ छैन तिम्लाई राख्ने।
मनभरि छुरा चल्यो।…२
जलेर मुटु खा:क भयो।...४



M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।
F: तिम्रै अघि आज म त, अर्कैको बेहुली।

F:
न त हासेर नै सोध्यौ, कि माया गर्छौ मलाई।
न त बुझ्न नै खोज्यौ, आँखाको यो भाका।

M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।
F: तिम्रै अघि आज म त, अर्कैको बेहुली।

F:
सधै ओरि-परी थिए म, तिम्रै सपना, देख्थे म।
मनपराई, एउटालाई, आ…ज अर्कैलाई रोज्नुपर्यो।

M: मेरै अघि मेरि माया, आज अर्कै कि बेहुली।
F: तिम्रै सामु आज म त, अर्कैको बेहुली।

M:
तिम्लाई पाउने मेरो सपना, सपनानै रहने भयो।
संगै जीवन बिताउने, आशा यो, अधुरै रह्यो।
You Might Also Like These Songs
Total Views