पारी त्यो डाँडामा हेर, घाम लाग्यो घमाईलो।
लाग्यो मलाई रमाईलो, तिमी र म घुम्न जाऊ न।
अनि घामले मलाई सताउला, काली मलाई बनाउला।
तिमी पिरतीको छाता ओढाउन।

खोला जस्तै बगौ हामी, पिरतीको तालैमा।
माछी  मारौ जालैमा, हुन्छ कि नाई हुन्न भनन।
अनि जालमा एक्लै पार्छौ कि, अझ्कल्टो मै छाड्छौ कि।
सिन्दुर लाउछौ कि नाई भनन।

[हो बैगुनी, भै माया नमारे नि कहिले हो।
हो निष्ठुरी, भै भुली नजानु नि कहिले हो। ]…२

म पनि के मा कम छु नि, पाखुरीमा दम छ नि।
सम्पती कमाइन्छ नि, सुनचाँदीले तिम्लाई भरौला।
सुन चाँदी चाहिदैन, सम्पतिलाई आइदैन।
माया गर्छौ कि नाई भनन।

पारी त्यो डाँडामा हेर, घाम लाग्यो घमाईलो।
लाग्यो मलाई रमाईलो, तिमी र म घुम्न जाऊ न।
अनि घामले मलाई सताउला, काली मलाई बनाउला।
तिमी पिरतीको छाता ओढाउन। … २

[तिमी र म घुम्न जाऊ न। तिमी पिरतीको छाता ओढाउन। ]... २ 
You Might Also Like These Songs
Total Views