[गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।…२
यो देशको मुहार, फेर्नलाई उठ।…२]…२

[हातमा कलम हुनेहरू, कलम लिएर उठ।
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ।]...२
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।…२
यो देशको मुहार, फेर्नलाई उठ।…२

[हातमा औजार हुनेहरू, औजार लिएर उठ।
साथमा केही नहुनेहरू, आवाज लिएर उठ।]…२
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।…२
यो देशको मुहार, फेर्नलाई उठ।…२
आफू मात्र बाँचेर केहि अर्थ हुन्न, अरुलाई बचाए पो केहि अर्थ हुन्छ।…२
अरुले के गरेनन भन्नु भन्दा... २, मैले के गरें, यसले अर्थ राख्छ।
आफूमात्र बाँचेर केहि अर्थ हुन्न, अरुलाई बचाए पो केहि अर्थ हुन्छ।

आऊ दाजुभाई, आऊ दिदीबैनी, हातेमालो गरौँ, हाम्रो देश आज दुखमा छ।…२
अचानक आउने यस्ता बिपत्ती संग, हामी एकजुट भई , लड्नु पर्छ।
आफूमात्र बाँचेर केहि अर्थ हुन्न, अरुलाई बचाए पो केहि अर्थ हुन्छ।

जब दिप जल्छ, अँध्यारो मेटिन्छ, दुख चिर्न सके, सुख तेही मिल्छ।…२
म बाट हुन्छ शुरुवात हेर,  हामी बन्न अब, लाग्दैन बेर....२।
आफूमात्र बाँचेर केहि अर्थ हुन्न, अरुलाई बचाए पो केहि अर्थ हुन्छ।

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।…२
न तिमी हुन्थेउ, न म नै हुन्थे, नभए नेपाल।
करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।

चौतारी मेला, रोधी र भैलो, नेपाली कण्ठले।
रमाइलो पार्दै, यो फुलबारी, छत्तिसै बर्णले।
मेचीको लहर, उर्लदो माया, पूर्वमा ल्याउँछ।
कालीको छाल संगै सुसेली, पस्छिममा गाउँछ।
दुई कोटी नजरहरुको एउटै, नानी यो नेपाल।…२
न सगरमाथा, न धौलागिरी, न भए नेपाल। 
करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।

यहि लेक माथी गुराँस भुल्दा, देउराली बन्दछ।…२
लाखौको आशा, श्रम र शिप, बेशीमा फल्दछ।
यो देश हुन्छ, धर्तीमा एउटा, नेपाली भईन्जेल।
यो जाती हुन्छ, चन्द्र र सुर्य, संसारमा रहिन्जेल। 
सीताको माईती, वीर भुमी, बुद्धको नेपाल।…२
न फेवा रारा, न यती डाँफे, न भए नेपाल।

करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल।…२
न तिमी हुन्थेउ, न म नै हुन्थे, नभए नेपाल।
करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल…३।

[यो कर्मभुमीको आँगनमा, कर्मको उदाहरण।
प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२।
बिकासको फुल फुलाउ।…२]…२

विश्वास गर्छन यहाँका मानिसहरु, शब्दमा हैन, कर्ममा।…२
बिकासको लहर पुर्याउनु छ, शहरमा हैन गाउँमा।
गाउँ, गाउँमा।…२
यो शान्ती क्षेत्रको आँगनमा, शान्तीको उदाहरण।
प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२।
बिकासको फुल फुलाउ।…२

निर्माण गर्ने अपार शक्ती छ, हामी नेपालीका पाखुरीमा।…२
देशभक्ती दौडीरहन्छ, यहि रगतको थोपामा।
थोपा, थोपामा।…२
यो पुन्यभूमीको आँगनमा, धर्मको उदाहरण।
प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२।
बिकासको फुल फुलाउ।…२



बारीलाई कान्लो चाहिएको छ। खेतलाई आली चाहिएको छ।
मेरो देशको सिमानामा भने पर्खाल हैन।
नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ।

बारीको कान्लो मिचियो, केहि बोलिन।त्यो छिमेकी थियो ।
गार्‍हो पर्दा काम लाग्ने त्यहि त थियो।…२
खेतको आली, मिचियो केहि बोलिन। त्यो गाउँले थियो।
मर्दा पर्दा काम लाग्ने, त्यहि त थियो।…२
यसपाली त अचम्मै भो, देशै मिचियो।
देशै मिचियो मेरो, देशै मिचियो।...२

इतिहासको कथा भित्र, यो नेपाली ब्यथाको भित्र।…२
न मर्दा काम लागेको छ, न पर्दा काम लागेको छ।
मेरो देशको छातीमा कुल्चिने सामु।…२, अहिले त मलाई।…४
मेरो खिया लागेको खुकुरी, उद्याउने रहर जागेको छ,जागेको छ।
नभन्नु मेरो रगत उम्लियो, जहाँ कुल्च्यो उसले अहिले,
मेरो देशको हो त्यो...३। 


जहाकै होस, न हृदय खोली, माटो बोल्छ फूलकै बोली।
बुझौ न, अन्तरमनले बुझौ, बालबालिका हाम्रा भोली।
चिमोटे झन दुख्छ बाबै, कलिला छन फुल।
संसार बाझो हुन्छ, मरे नहुर्कदै फूल। 
आऊ यिनको रक्षा निम्ती गरौ न कबुल। आऊ…४  
हातेमालो गरौ आवाज उठाऊ…३, आवाज उठाऊ…२।  

[संसारको बगैचामा फूल छन अनेक। 
हाम्रा निम्ती फरक छैनन कोहि। 
सबै प्यारा, सब नै एक।]...२  
आऊ यिनको सुगन्ध फिजाऊ। 
हातेमालो गरौ आवाज उठाऊ…३, आवाज उठाऊ…२। 

[बालक माथी नथोपरौ, कहिले पनि डर त्रास। 
साहसले उठोस उसको सिर।  
बिस्वासिलो होस हर सास।]...२  
आऊ यिनलाई मायाले स्याहारौ। 
हातेमालो गरौ आवाज उठाऊ…३, आवाज उठाऊ…३। 
You Might Also Like These Songs
Total Views