यो वैश भित्र के छ, म आफै छक्क पर्छु।
यो मुट्ठी भित्र दुनिया, देखेर दंग पर्छु।
यो राज आफैसँग, सधै म सोधिरहन्छु।
खै के छ,खै के छ,खै के..............छ।
यो वैश भित्र के छ, म आफै छक्क पर्छु।

[के सँग तौलिनु खै, सृष्टी नै मात खान्छ।
यो रुप रच्ने मालिक, स्वयं नै हार खान्छ।]...२
यो रुप रच्ने मालिक, स्वयं नै हार खान्छ।
यो शक्तीलाई जित्ने, कुन शक्ती छ र आज।
संसारै रम्छ यसमै, यो रंगरलीया माझ।...२
खै के छ,खै के छ,खै के...............छ।
यो वैश भित्र के छ, म आफै छक्क पर्छु।

हो…यो कस्तो जादु-टुना, पत्थर पगाल्न सक्ने।
नशालु फूलले झैँ, बेहोश पार्न सक्ने।...२
न आफै बुझ्न सक्छु, न तिमी बुझ्छौ आज।
यो यक्ष प्रश्न लाई, हल गर्छ कसले आज।...२
खै के छ,खै के छ,खै के...............छ।

यो वैश भित्र के छ, म आफै छक्क पर्छु।
यो मुट्ठी भित्र दुनिया, देखेर दंग पर्छु।
यो राज आफैसँग, सधै म सोधिरहन्छु।
खै के छ,खै के छ,खै के छ।
यो वैश भित्र के छ, म आफै छक्क पर्छु।
You Might Also Like These Songs
Total Views