[तिमीलाई म भुल्न सक्दिन।
जहाँ जाउँ, तिम्रो याद आइरहन्छ ।
यो खोला, यो नाला, यो पहाड भन्ज्यांगले।
मलाई, बोलाई रहन्छ।] …२
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।...२

[डाँडा काँडा, हरियाली यहाँ, आगनै भरि।
लालीगुराँस, चाप-चमेली फुल्छ थरीथरी।] ...२
खोलानाला झरनाको मिठो सुसेली।
आइरहन्छ, यो मनमा झल्झली।…२
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।...२

[सगरमाथा शिर बनि, यहाँ उभिएको छ।
करोडौ मुटु माझ तिनी, सझिएको छ। ]…२
बीर महात्मा, बुद्ध जन्मिएको देश।
मलाई प्यारो-प्यारो लाग्छ, आफ्नै स्वदेश।…२
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।... २

तिमीलाई म भुल्न सक्दिन।
जहाँ जाउँ, तिम्रो याद आइरहन्छ ।
यो खोला, यो नाला, यो पहाड भन्ज्यांगले।
मलाई, बोलाई रहन्छ।
मेरो नेपाल, मेरो नेपाल, मेरो नेपाल।
मेरो देश मलाई, लाग्छ प्यारो।...३ 



पर्खाइमा भिज्यो सिरानी। .. २
सम्झनिमा बित्यो सपनी।
चाँडै फर्की आउ, हे मेरी मायालु…२।
पर्खाइमा भिज्यो सिरानी।

देउराली सुन्य लाग्छ, माया तिमी नहुँदा। ... २
मुटु मेरो तेसै जल्छ, स्पर्शले नछुन्दा।
चाँडै फर्की आउ, हे मेरी मायालु.. २।
पर्खाइमा भिज्यो सिरानी।

मलाई जस्तै तिम्लाई पनि, त्यहाँ तेस्तै हुँदो हो। ... २
सम्झी मलाइ एकान्तमा तिमी पनि रुँदो हो।
चाँडै फर्की आउ, हे मेरी मायालु.. २।

पर्खाइमा भिज्यो सिरानी।
सम्झनिमा बित्यो सपनी।
चाँडै फर्की आउ, हे मेरी मायालु…२।
 हे मेरी मायालु…२।
You Might Also Like These Songs
Total Views