हा ऒइ, हा ऒई, हा ऒइ, हा ओई।…२ 

घुमिघुमी झर्यो, ओरालीको बाटो।
तिमी आउनु, तेही बाटो, अरु आउनु साटो।
अरु आउनु साटो नि रिमई, अरु आउनु साटो।

सुस्तै-सुस्तै चड्यो, उकालीको बाटो। 
बोकी आउनु, एक मुठी माया, रित्तै आउनु साटो।
रित्तै आउनु साटो नि रिमई, रित्तै आउनु साटो।

सुर्ता हो, कि माया हो, ज्यान जुरो जुरो भो। 
सन्काई देउ, कि बोली देउ, भन्देउ के कुरो हो। 
जुन हो, कि घाम हो, दिनरातै सताउने। 
मनले हो,की ओंठले हो, तिम्रै नाम रटाउने। 

कपालैको लाउनु पर्दा, हातले छोप्नु साटो।    
हातले छोप्नु साटो नि रिमई, हातले छोप्नु साटो।  
शिरमा लाउनु छड्के टोपी, बुल्बुलिको साटो। 
बुल्बुलिको साटो नि रिमई, बुल्बुलिको साटो।

आ हा आ,आ हा ह ,आ हा आ ,आ ह हा । …२  

सुनाइदिउँ कि लेखिदिउँ, नाम तिम्रो बासै कोरेर। 
चढाँउला, देउराली मै, फूलपाती सोरेर। 
हाँसो हो, की बोली हो, झन नजिक नजिक सराउने। 
आँखैले कि मुटुले, अचाक्ली मन पराउने। 

यादै आए, पुग्नेपो रैछ, भोक निन्द्राको साटो।
भोक निन्द्राको साटो नि रिमई, भोक निन्द्राको साटो।
तिम्रै माया चलिनै रहने, ढुकढुकी चल्नु साटो।  
ढुकढुकी चल्नु साटो नि रिमई, ढुकढुकी चल्नु साटो।  

माल चरीका बथान हजुर, बासै सरि गए। 
आँसु संगै दुख झरे, खुशी भरी लाई। 
रित्तो छाती हेरी रह्यो, मुटु दिई पठाए। 
आफ्नै हातले, शिरफुल, डाडै कटाएं… ३। 

साटी जाउ भो, कस्तुरी माया, यसै छुट्नु साटो।       
यसै छुट्नु साटो नि रिमई, यसै छुट्नु साटो। 
लाग्यो भने, बाडुल्की मलाई, आउँला यहि बाटो।   
आउँला यहि बाटो नि रिमई, आउँला यहि बाटो। 

आ हा हा हा आ होइ, आ हा हा हा आ होइ। …२ 

चलिरह्यो सासै हजुर, तेही छाती मा बासै भो। 
घुमी रह्यो घडी पल, पलाई रह्यो आशै त्यो। 
उडी आयो, बादलु त, बर्सिएर पानी। 
फर्किआयो, परान हजुर, बाच्यो जिन्दगानी। 
 
तिमी आउनु, तेही बाटो रिमई, अरु आउनु साटो।
बोकी आउनु, एक मुठी मया, रित्तै आउनु साटो।
You Might Also Like These Songs
Total Views