फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।…२
सम्झेर आउँछ नि रुन।
के ले म पुछु र आँसु, के ले म पुछु पसिना।
फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।

[डाँडा पारी अर्को डाँडा , माईती छेकिएको।
जुगै बित्यो जन्म गाउँ, छैन टेकिएको।]...२
दशैं गयो, तिहार गयो, निदार रह्यो खाली।
नफुल्दैमा सुक्छ क्यारे, मनबेलीको डाली।
फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।

[आउने जाने छैन काहीं, टुहुरीको कर्म।
दैबलाई तिर्दैछु म, कुन जुनीको पर्म। ]...२
आफ्नै जोवन सौतासरी, खसम परदेशी।
दिन पराई, रात पराई, वैरी गाउँबेशी।
फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।…३

[पोहोर पनि ढाँट्यौ आमा, यसपाली नि ढाँट्यौ।
खै त मलाई झुम्के बुलाकी।]…२
खै त मलाई झुम्के बुलाकी।…२
हुँदा हुँदै यसपाली त, अन्माईदिनै आट्यौ।
खै त मलाई झुम्के बुलाकी।…३
पोहोर पनि ढाँट्यौ आमा, यसपाली नि ढाँट्यौ।
खै त मलाई झुम्के बुलाकी।

पहिले त्यही बुलाकीले, सुहाउँछ भन्थ्यौ।…२
अहिले त्यही बुलाकीले, रुआउँछ भन्छेउ।
आफै मलाई फ़ुर्काएर...२, आफै कुरा काट्यौ।
आफै मलाई फ़ुर्काएर, आफै कुरा काट्यौ। ...२
खै त मलाई झुम्के बुलाकी।…३
पोहोर पनि ढाँट्यौ आमा, यसपाली नि ढाँट्यौ।
खै त मलाई झुम्के बुलाकी।…३
हुँदा हुँदै यसपाली त, अन्माईदिनै आट्यौ।
खै त मलाई झुम्के बुलाकी।…४  

[चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।]…२
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
[म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।]…२

[गाजलु टिकी राम्रै लाग्छ, लाउने बानी छैन।
मेरो लाउने बानी छैन। ]…२
गोठाला र मेलापातमा, धाउने बानी छैन।
मेरो धाउने बानी छैन।
उकाली र ओरालीको, नहिंडेको बाटो।
तर प्यारो लाग्छ मलाई, मेरै देशको माटो।

चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
[म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।]…२

[दोहोरी गाउन नजाने नि, टुक्का गास्न आउँछ।
मलाई टुक्का गास्न आउँछ।]…२
मारुनी र समलामा, कम्मर भाँच्न आउँछ।
मलाई कम्मर भाँच्न आउँछ।
रितीथिती संस्कृति लाई, मेरो नि सम्मान छ।
आधुनिक म छोरी तर, मेरै आफ्नै शान छ।

चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
[म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।]…२
You Might Also Like These Songs
Total Views