भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।…२
पल-पलको यो श्वास-प्रश्वास, तिम्रै भक्ती भजन।
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।

[प्यास पिएर निभाएँ मैले, तृष्णा लोभ जलन।
पाएँ तिम्रै अभय चरणमा, शीतल शान्त शरण।]…२
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।
पल-पलको यो श्वास-प्रश्वास, तिम्रै भक्ती भजन।
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।

[वर्षाले धोए पछि जसरी, सङ्ग्लो हुन्छ गगन।
राग द्वैषले त्यसरी नै म, आज छु मुक्त मगन।]…२
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।…२
पल-पलको यो श्वास-प्रश्वास, तिम्रै भक्ती भजन।
भगवन तिम्रै पावन घर हो, मेरो चित्त सघन।



[भगवान कहाँ म जाउँ, त्यो ठाउँ खै कहाँ छ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२

हो बुद्धिमान मान्छे, मान्छे बिचारवान।…२
किन हो परन्तु उसमा, खुल्दैन मैत्री ज्ञान।
यो ताप मेट्न तिम्रो, छायाँ कहाँ म पाउँ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२
भगवान कहाँ म जाउँ।

कुन ठाउँ शान्त भन्नु, मन भ्रान्त हाई मेरो।…२
बत्ती बलेनि देख्छु, संसार नै अधेंरो।
कहिले म हाई यो मन, सम्भावले सजाउँ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।]…२

भगवान कहाँ म जाउँ, त्यो ठाउँ खै कहाँ छ।
मन यो जहाँ बिसाउँ, मन यो जहाँ बिसाउँ।
भगवान कहाँ म जाउँ।



हुन्छ मलाई बिहान त्यो क्षण, तिम्रो आँखा खुल्छ जसै।
उठ प्राण तिमी, अब जाग न लौ, अनि जाग्छ जुरुक्क जगै...२।

सपना नबुन बिपनामा, चाल बरु पाऊ।
पसिना छ र लौ माटोमा, रचना रच्दै जाऊ ।
हर्ताकर्ता तिमी यो जग को, अझ प्राण पनि तिमी नै...२।

सब साहस हो जति जे भो, त्यो साहस तिम्रै।
स्वर्ग बनाउ या नर्कै, त्यो पनि हो तिम्रै।
गर जे गर लौ, जागेर गर, हित होस त्यसले सबकै...२।

हुन्छ मलाई बिहान त्यो क्षण, तिम्रो आँखा खुल्छ जसै।
उठ प्राण तिमी, अब जाग न लौ, अनि जाग्छ जुरुक्क जगै...२।  



[फूलको आखाँमा, फूलै संन्सार।
काँडाको आखाँमा, काँडैं संन्सार।]...२
झुल्किन्छ है छायाँ, बस्तु अनुसार।
काँडाको आखाँमा, काडैं संन्सार।
फूलको आखाँमा, फूलै संन्सार।
काँडाको आखाँमा, काँडैं संन्सार।

[चित्त सुद्ध होस मेरो, बोली बुद्ध होस।
मेरो पैतलाले, किरै नमरोस।]...२
राम्रो आखाँमा फूल्छ, राम्रै संन्सार।
काँडाको आखाँमा, काँडैं संन्सार।
फूलको आखाँमा, फूलै संन्सार।
काँडाको आखाँमा, काँडैं संन्सार।

[टहटह जुनेलीको, कालो रातैमा।
जीवन संगीत सुनु म, सुख पातैमा।]...२
सङ्लो मनमा फूल्छ है, सङ्लै संन्सार।
काँडाको आखाँमा, काँडैं संन्सार।

[फूलको आखाँमा, फूलै संन्सार।
काँडाको आखाँमा, काँडैं संन्सार।]...२
झुल्किन्छ है छायाँ, बस्तु अनुसार।
काँडाको आखाँमा, काडैं संन्सार।
फूलको आखाँमा, फूलै संन्सार।
काँडाको आखाँमा, काँडैं संन्सार।…४
You Might Also Like These Songs
Total Views