तिमी आएर, यो मनमा छाएर।
मायाको रंगले, बनायो गाडा -गाडा। 
रंगायौ, तिम्रो मायाले, थियो जब जिन्दगी।
सबै तिर फिक्का फिक्का। 

फिक्का फिक्का, यहाँ फिक्का लाग्छ मलाई।…२
तिमी बाहेक, सबै कुरा, यहाँ फिक्का लाग्छ मलाई।…२

[दिनदिन दिन गन्दै, बित्छ मेरो दिन। 
नदेख्दा तिम्लाई एकैछिन।]…२ 
बाँधन माया मलाई, अङ्गाल न।
नगई टाढा मलाई सम्हालन। 

फिक्का फिक्का, यहाँ फिक्का लाग्छ मलाई।…२
तिमी बाहेक, सबै कुरा, यहाँ फिक्का लाग्छ मलाई।…२

छिनछिन छिनमै याद, आउँछ किन हो। 
साँचेको माया, कस्लाई हो। 
छिनछिन छिनमै याद, आउँछ किन हो। 
साँचेको माया, तिम्लाई हो। 
पाएर तिम्रो साथ, सधै म। 
साहारा तिम्रै बनूँ , यो जीवनमा। 

फिक्का फिक्का, यहाँ फिक्का लाग्छ मलाई।…२
तिमी बाहेक, सबै कुरा, यहाँ फिक्का लाग्छ मलाई।…४


[वैरी भयो, यो सारा दुनिया, चोखो मायाको।
हाम्रो मायामा, कुरा चल्यो, जात-भातको।]…२
मानिस ठुलो दिलले हुन्छ, रगत सबको रातो हुन्छ।
खोई कुरा बुझेको, खोई कुरा बुझेको।
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा।…२

[दुख र सुख, जीवनको पाटो, सँग सँगै बिताउँला।
आए जति,  वाधा अड्चन, साथ तिम्रो छोड्ने छैन।]…२
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा।…२

[यो हाम्रो माया, संसारै लाई, सबैलाई देखाउनु छ।
खोइ कस्ले बनायो, मान्छेमा जात, त्यो पनि सोध्नु छ।]…२
अब जाउँला रेलैमा, माया तिम्रो साथैमा।…४

बोल्दैन त्यो, तिम्रो तस्वीर, हेर्दा हेर्दै रात बित्यो।…२
हत्केलामा, तिम्रो नाम, कोर्दाकोर्दै रात बित्यो।
रात बित्यो, रात बित्यो, कोर्दाकोर्दै रात बित्यो।…२

छुन खोज्छु, परेली, झुकाउँदैनौ नजर पनि।…२
छुन खोज्छु, बिस्तारै, कमाउँदैनौ अधर पनि।
हास्दैन त्यो, तिम्रो तस्विर, रुँदारुँदै रात बित्यो।…२
सुस्तरी, तिम्रो केश, छुँदाछुँदै रात बित्यो।
रात बित्यो, रात बित्यो, रुँदारुँदै रात बित्यो।…२

फुल्दैनन आशाहरु, न त फुल्छन यी सपनी।…२
ति शान्त, मुहार संगै, बिलाउँदै छु म पनि।
रुदैन त्यो, तिम्रो तस्वीर, हिस्सी गर्दै रात बित्यो।…२
तिम्रो यादमा, निरन्तर, आँसु झार्दै रात बित्यो।
रात बित्यो, रात बित्यो, रुँदारुँदै रात बित्यो।
रात बित्यो, रात बित्यो, कुर्दाकुर्दै रात बित्यो।

     



तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।...२
तिमी छौ र त, सपना छ, साकार गर्ने चाहना छ।...२
तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।

तिमी छौ र त, यो खुशी छ, अनि जिउन सजिलो छ।...२
तिमी छौ र त, यो हात छ , अनि साथ दिने चाहना छ।...२
तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।

संगाली राख हाम्रो माया, जुगजुग सम्मलाई।...२
तिमी छौ र त, यो संसार छ, अनि त्यहाँ हाम्रो माया छ।...२
तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।



[नजिक छौ तिमी, मेरो नजिक छौ।
मेरो मुटु भन्दापनि, नजिक छौ।]...२  
धडकन हौ, तिमी मेरो धडकन हौ।
मुटुको चालभन्दा, ठुलो धडकन हौ। 

[देख्दछु तिमीलाई, घामको झुल्को झैँ। 
हेर्दछु तिमीलाई, जुनको किरण झैँ।]...२   
भाग्य हौ, तिमी मेरो भाग्य हौ। 
मेरो प्राप्तीभन्दा ठुलो भाग्य हौ। 

[छैन सीमा तिमीभन्दा पर जाने। 
एउतै आत्मा हाम्रो, छैन केहि लाने।]...२
आस्था हौ, तिमी मेरो आस्था हौ। 
मेरो आत्मा भन्दाठुलो अर्थ हौ। 

नजिक छौ तिमी, मेरो नजिक छौ।
मेरो मुटु भन्दापनि, नजिक छौ।
धडकन हौ, तिमी मेरो धडकन हौ।
मुटुको चालभन्दा, ठुलो धडकन हौ। 



आत्मा मा,तिम्रो आत्मा मा।
म छु कि छैन,त्यहाँ हेरन।
मन मा तिम्रो मन मा।
म छु कि छैन,त्यहाँ हेरन।
आँखा मा.....आँखा मा...
म छु कि छैन,त्यहाँ हेरन।

आत्मा मा, मेरो आत्मा मा।
तिमी बसेछौ यो आत्मा मा।
मन मा मेरो मन मा।
तिमी छौ मेरो यो मन मा।
आँखा मा.....आँखा मा....
तिमी छौ मेरो यौ आँखामा।

धड्कन बनेर धड्किरहेछु। तिम्रो त्यो मुटुमा।
चोखो मायामा, कन्चन बनेर, बस यो मुटुमा।
तिमी मेरो साहारा, तिमी मेरो प्रेरणा।
तिमी मेरो, तिमी जिन्दगी। हाहाहा ...

आत्मा मा,तिम्रो आत्मा मा।
म छु कि छैन,त्यहाँ हेरन।
आत्मा मा, मेरो आत्मा मा।
तिमी बसेछौ यो आत्मा मा।
आँखा मा.....आँखा मा....
म छु कि छैन,त्यहाँ हेरन।हाहाहा ...
You Might Also Like These Songs
Total Views