झरी पछि, कालो आकाश, निलो हुनु अघि।…२
आऊ एउटा, यात्रा थालौ, ढिलो हुनु अघि।…२

यहाँ धेरै काँढा हरु, घोच्न बसेका छन।…३
जाऊ टाढा दुनिया यो, किलो हुनु अघि।…२

हाम्रो नयाँ कथा रच्न, नयाँ माटो रोजौ।…३
यति बुझ समय छ, ढिलो हुनु अघि।...२

झरी पछि, कालो आकाश, निलो हुनु अघि।
आऊ एउटा, यात्रा थालौ, ढिलो हुनु अघि।…२


कस्को आँखा लाग्यो बरै, मेरो खुशी माथी।...२
भेटिएन यो संसार मा, मन बुझाउने साथी।
कस्को आँखा लाग्यो बरै, मेरो खुशी माथी।

आफ्नो बनाउन चाहदा, खोजिदिए हुन पराई।
विस्वास रहेन कसैको, बनि दिए सबै स्वार्थी।
कस्को आँखा लाग्यो बरै, मेरो खुशी माथी।...२

के गल्ती भयो खै कुन्नी, भोग्दैछु व्यर्थमा सजाय।
हराउने भो मेरो लागि जिन्दगीमा मती।

कस्को आँखा लाग्यो बरै, मेरो खुशी माथी।

मान्छे बीच मान्छेको, सम्बन्ध भयो आकाश-धर्ती।
जिउनु नै भो, मेरो लागि कठिनाई कति।

भेटिएन यो संसार मा, मन बुझाउने साथी।
कस्को आँखा लाग्यो बरै, मेरो खुशी माथी।
You Might Also Like These Songs
Total Views