[रातको जुन हेर्दै, सम्झन्छु तिमीलाई।
आकाशको तारा गन्दै, पर्खन्छु तिमीलाई।]…२
[भन भन तिमी के कल्पिन्छौ।
म जस्तै तिमी पनि के, तडपिन्छौ।]…२

[मेरो हाल के छ यहाँ, कसरि गरूँ म बयान।
तिम्रो निम्ती आजभोली, दिन रात एउटै यहाँ।]…२
[भन भन तिमी के कल्पिन्छौ।
म जस्तै तिमी पनि के, तडपिन्छौ।]…२

तिम्रो मेरो मन मिल्यो, मायाको संसार सज्यो।…२
माया …।
पहाड, खोला, झरना, अनि हरियाली।
मेरो वरिपरी छ। …४
[मेरो हाल के छ यहाँ, कसरि गरूँ म बयान।
तिम्रो निम्ती आजभोली, दिन रात एउटै यहाँ।]…२

[भन भन तिमी के कल्पिन्छौ।
म जस्तै तिमी पनि के, तडपिन्छौ।]…२ 
You Might Also Like These Songs
Total Views