Rit Bina


[रित विना, आउने सपना हरुलाई।
जतनले राख्न, म कहाँ सक्छु।
बसन्त विना, फक्रीने फूललाई।
होशले स्याहार्न, म कहाँ सक्छु।]…२
रित विना, आउने सपना हरुलाई।

अनुरोधै वेगर,हास्न थाल्छन,नजरका कोमल फूलहरु।…२
जताततै, झरेको देख्छु, फूलका रंगीन, जोवनहरु।
परेलीले थुन्दै, आँसुका भेललाई।
तस्वीर खिच्न, म कहाँ सक्छु।
रित्तो गिलासमा, जिन्दगी भर्दै।
त्यो रुप पिउन, म कहाँ सक्छु।
रित विना, आउने सपना हरुलाई।

लुकामारी गर्छन,हरेक रात,योवनका मिठा, सपनाहरु।...२
ढलेर मर्छन, हरेक साँझ, वैशका तल्लिन, उमेरहरु।
भिंडमा खस्ने, त्यो तिम्रो हाँसो।
अन्जुलीमा थाप्न, म कहाँ सक्छु।
किनारै बेगर, बगेको त्यो लाज।
बाँधले छेक्न,  म कहाँ सक्छु।

रित विना, आउने सपना हरुलाई।
जतनले राख्न, म कहाँ सक्छु।
बसन्त विना, फक्रीने फूललाई।
होशले स्याहार्न, म कहाँ सक्छु।
रित विना, आउने सपना हरुलाई।

[बनै खायो डढेलोले, मनै खायो,
त्यहि मोरीको, पापी मायाले।]…२

आधा राती बिउँझिएर, जाउँ जाउँ लाग्छ।
डाँफे सरि वेग हानेर।
भोक पनि छैन मलाई, तिर्खा पनि छैन।
मन बुझाउने के पो गरेर।
खोला सुक्यो, खडेरीले।
यो ज्यान सुक्यो, वैगुनीको आशै आशाले।

बनै खायो डढेलोले, मनै खायो,
त्यहि मोरीको, पापी मायाले।

हसाईमै अल्झियो कि, बरै आँखा मेरो।
त्यो मायाको, चन्द्र वदन।
परेलीमै अल्झियो कि, कठै मुटु मेरो।
कति राम्रो, बोली बचन।
बाली लग्यो असिनाले।
जोवन लग्यो, बैमानीको झिल्के मायाले।

बनै खायो डढेलोले, मनै खायो,
त्यहि मोरीको, पापी मायाले।

सान्नानी को गालैमा, कालो कोठी रैछ।
नजर नै तिर्मिर गराउने।
झिमझिम गर्ने परेलीमा, पानी परेछ।
मोती दाना आँसु झल्काउने।
सान्नानी को गालैमा, कालो कोठी रैछ।
नजर नै तिर्मिर गराउने।

भगाई लैजाऊ भनेदेखि, खिस्सी गर्छन हेर।…२
कति कुरी बस्नु मैले, नगर न बेर।
झिमझिम गर्ने परेलीमा, पानी परेछ।
मोती दाना आँसु झल्काउने।

सान्नानी को गालैमा, कालो कोठी रैछ।
नजर नै तिर्मिर गराउने।
धेरै कुर्दा केश फुल्छ, पिरै मात्र बढ्छ।…२
गुराँस जस्तो जोवन हाम्रो, ब्यर्थै भुइमा झर्छ।

झिमझिम गर्ने परेलीमा, पानी परेछ।
मोती दाना आँसु झल्काउने।
सान्नानी को गालैमा, कालो कोठी रैछ।
नजर नै तिर्मिर गराउने।…३



झरीपरि रहयो मनमा, थामिदैन आँसु। ... २
किन भन्छ निर्मोहिलाई, मनमनै मेरी मायालु। ... २
नलाएको प्रिती भए, मैले  भुलिदिन्थे।
नखाएको कसम भए मैले तोडिदिन्थे।
झरीपरि रहयो मनमा, थामिदैन आँसु।
किन भन्छ निर्मोहिलाई, मनमनै मेरी मायालु।

हे हजूर, कसलाई भनु मनका कुरा...२।
[आफ्नो मान्छे भन्नेले मलाइ,
किन फेरी धस्यो, पिठ्ठ्युमा छुरा?] ... २
झरीपरि रहयो मनमा, थामिदैन आँसु।
किन भन्छ निर्मोहिलाई, मनमनै मेरी मायालु।

हे हजूर, गरु कसलाई जगमा विश्वास... २।
[आफ्नो छाँया भयो बैरी,
छैन आफ्नो कोहि, पाटीको बास। ]... २
झरीपरि रहयो मनमा, थामिदैन आँसु। ... २
किन भन्छ निर्मोहिलाई, मनमनै मेरी मायालु। ... २

नलाएको प्रिती भए, मैले  भुलिदिन्थे।
नखाएको कसम भए मैले तोडिदिन्थे।
झरीपरि रहयो मनमा, थामिदैन आँसु।
किन भन्छ निर्मोहिलाई, मनमनै मेरी मायालु। 



यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले-कैले।
कसैलाई माया गर्नु, एउटा भुल गरे मैले।
यस्तो पनि हुँदो रैछ।

मेरो जस्तो माया दिने, तिमीलाई हजार होला।
तिम्रो लागि मेरा जस्ता, हजार-हजार मुटु रोला।
जसलाइ आफ्नो सम्झे को थिए, उही बिरानो भयो अहिले।

कसैलाई माया गर्नु, एउटा भुल गरे मैले।
यस्तो पनि हुँदो रैछ।

मेरो माया कुल्चिजाने, तिम्रो माया फलोस फुलोस।
मेरो इच्छा मारिजाने, तिम्रो इच्छा सबै पुगोस।
उदास आँखा मेरा पनि सपना देख्थे कैले कैले।

कसैलाई माया गर्नु, एउटा भुल गरे मैले।
यस्तो पनि हुँदो रैछ।



[मर्न बरु गार्हो हुन्न।..२
तिम्रो माया मार्नै सकिन।..२]..२

बसन्तको हरियाली, फूलसंगै ओइलिजान्छ।..२
निलो भुइको सेतो बादल, हावा संगै उडीजान्छ।
तर तिम्रो न्यानो माया।..२
अझै पनि न्यानो नै छ।
तिम्रो माया मार्नै सकिन।..२

मर्न बरु गार्हो हुन्न।..२
तिम्रो माया मार्नै सकिन।..२

धेरै लामो बाटो हामी, संगै-संगै हिडिसकेउ।..२
टाढा-टाढा कता-कता हामी दुवै पुगीसकेउ।
तर अन्त्य यसको यहि..२
भन्न अझै मनै छैन।
तिम्रो माया मार्नै सकिन।..२

मर्न बरु गार्हो हुन्न।..२
तिम्रो माया मार्नै सकिन।..२
You Might Also Like These Songs
Total Views