G                                    A#                    G
सुनिदेउ सानो, छँदाको कथा, मैले बामे सर्दाको कथा।…२
G
सुनिदेउ सानो, छँदाको कथा। 

G
[सल्लाघारीको सुसाईमा, मेरो आशुहरु सुकिदिन्थे। 
D           C      D             G
मायागर्नेहरु संगै, आफुलाई हराइ दिन्थे।]... २
G                                    A#                    G
सुनिदेउ मेरा, सबै आफन्ता, मैले बामे सर्दाको कथा।...२
G
सुनिदेउ सानो, छँदाको कथा।

[पहाडहरु सबै उस्तै छन, मेरो जिन्दगी बितिसक्यो। 
यहाँ रात हरेक खोक्रो छन, बुडो हुन कर लागिसक्यो।]...२
सुनिदेउ मैले चिनेकाहरू, मैले बामे सर्दाको कथा।…२
सुनिदेउ सानो, छँदाको कथा, मैले बामे सर्दाको कथा।
सुनिदेउ सानो, छँदाको कथा। 



बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।…२
जुन हेर्ने प्रियाशीको, मन, दुखाई नदेऊ।…२
बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।

यो सहर बाँचेको छ, बोकी सपनाको भारी।…२
आफ्नो इच्छा पुरा गर्छन, अरुलाई नै मारी।…२
जहाँ मन सल्केको छ, त्यहाँ निभाउन जाऊ।…२
आफु गर्जेर भएपनि, त्यहाँ वर्षा गराऊ।…२
बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।

लगिदेऊ सर खुशीहरु, गाऊघर तिर।…२
शहर मात्र हैन तिम्रो, जाऊ गाउतिर।…२
पाखाभरि झूलेका छन, अजम्बरी फूल।…२
बर्षी देऊ, फुलाई देऊ मनैभरि फूल।…२

बादलहरु हो आकाश ढाकी, नबसिदेऊ।



[झिरमा उनिनु, त्यो एउटा कुरा।
पिरमा उनिनु त्यो, एउटा कुरा।
नभिज्ने आँखा कसको छ र।
तर झर्नु नझर्नु, त्यो अर्कै कुरा।]…२
झिरमा उनिनु, त्यो एउटा कुरा।

मैले कहाँ भने र, पिरै पिर भो भनेर।…२
तलतल खस्दा पनि, भिरै भिर भो भनेर।
कराएरै जन्मे…२, चुपचाप मरुला।
जतिसकै चलोस, मनमा छुरा।
झिरमा उनिनु, त्यो एउटा कुरा।

भाग्य कहाँ खसेर, अन्धकार नै भएछ।…२
झुकिझुकी बोल्दा पनि, अहंकार भै गएछ।
हराएरै गए…२, चुपचाप बसुँला।
जतिसुकै खेलोस, मनमा कुरा।

झिरमा उनिनु, त्यो एउटा कुरा।
पिरमा उनिनु त्यो, एउटा कुरा।
नभिज्ने आँखा कसको छ र।
तर झर्नु नझर्नु, त्यो अर्कै कुरा।
झिरमा उनिनु, त्यो एउटा कुरा।

C                               G            C
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।...२
   E                Am     G     C
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।

C/B/A#            F              C
एकैछिन त पर्खिदेउ, केहि बात गरिदेऊ।...२
F                   G             C         G
मनका सारा भावनालाई, दुखाई नदेऊ।...२
म त दुर देखि आए, तिम्रो प्यार बोकेर।...२
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।

एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र।...२
पुराना ति यादहरुलाई, भुलाई नदेऊ।...२
म त दुर देखि आए, तिम्रो याद बोकेर।।...२
सम्बोधन गर्दागर्दै, गैइगयो छोडेर।...२
म त दुर देखि आए, तिम्रो नाऊ बोकेर।



कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।…२
पूर्णिमाको जून हेर्दै,तारासँग भुल्ने गर।…२
कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।

जीवन यहाँ यस्तै रहेछ, गल्तीपनि हुँदो रहेछ।
सधै अरुको साथ पाएपनि, तिमीलाई भुल्न गार्हो हुँदोरहेछ…२ ।
कहिँ कतै एकान्त माझ, नयन आफैं रसाए भने।…२
शीतको थोपालाई हेर्दै, आँशु तिम्रो साच्ने गर।…२
कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।

समयको खेल यस्तै रहेछ, छातीभित्र याद बढेछ।
देखेको कहाँ पुग्दोरहेछ, लेखेको मात्रै भोग्नु पर्दोरहेछ…२।
कहिँ कतै आकाश हेरी, सोच्यौ भने भबिष्यका दिनहरु।…२
एउटा मिठो भुलसम्झी, सम्हालिने कोशिष गर।…२
कहिँ कतै तिम्रो जीवनमा, वर्षातको भेल उर्लिए भने।



तिम्रो आँखामा, रहेका काँडालाई, निकाल्न खोजि रहेँ।...२
त्यो आँखामा, फूल फुलेको मैले, हेर्न चाहि रहें।...२
तिम्रो आँखामा, रहेका काँडालाई, निकाल्न खोजि रहेँ।

त्यो दिन सफल हुने छ।
त्यो दिन सफल हुने छ, जुन दिन फूल फुल्ने छ। ...२
पुराना तिता कुरालाई, यो मनले भुल्ने छ।...२
तिम्रो मनमा बसेका ढुंगालाई, पगाल्न खोजि रहें।
त्यो मनमा फूल फुलेको मैले, हेर्न चाहि रहें।...२
तिम्रो आँखामा रहेका काँडालाई, निकाल्न खोजि रहेँ।

झर्छन आँशुहरु।
झर्छन आँशुहरु, त्यो मनमा चोट सहँदा।...२
खुशि पनि हुन्छ मन, त्यो मुस्कान हेर्न पाउँदा।...२
तिम्रो मुहारमा लुकेका बादललाई, हटाउँन खोजि रहें।
त्यो मुहारमा, फूल फुलेको मैले, हेर्न मैले चाहि रहें।...२
तिम्रो आँखामा, रहेका काँडालाई, निकाल्न खोजि रहेँ। 


 F                      F
[हर रात सपनीमा, ऐठन हुन्छ।
 Cm                          D#
गाउमा सायद, पहिरो गयो कि।
Cm            F              F D#
गाउमा सायद, पहिरो गयो कि।
D#                  A#            F
गाउमा सायद, पहिरो गयो कि।]...२

F                         F        A#
[डाँडा पारीको, घामलाई हेर्छु।
     D#           F          Cm
आमा र बाबा, सम्झिरहन्छु।]...२
F              Cm
गाउँ छोड्दा बिजेका काँढा।...२
D#              A#    Cm   D#
परदेशमा बसी झिकी रहन्छु।
 F                     F
दिनरात सहरमा झरी पर्छ।
 Cm                          D#
गाउमा सायद, खेतै बग्यो  कि।
Cm            F              F D#
गाउमा सायद, खेतै बग्यो  कि।
D#                  A#            F
गाउमा सायद, खेतै बग्यो  कि।

[ उडिरहने चरीलाई हेर्छु।
घरको समाचार पर्खि रहन्छु।]...२   
लेकबेशी देउराली डाँडा।...२
परदेशमा सम्झी तडपी रहन्छु।
हर साँझ, सहरमा हुरी चल्छ।
गाउँमा सायद, छानै उड्यो कि।

हर रात सपनीमा, ऐठन हुन्छ।
गाउमा सायद, पहिरो गयो कि।...३



सम्झिबसेँ तिमीलाई, आफ्नो भनेर।
पर्खि बसेँ, तिमी आउँछौ भनेर।
अब भन्ने छैन तिमीलाई, आफ्नो भनेर...२।

तिम्रो यादमा तड्पी बसेँ, लामो ब्यथा, जीवन भरी बोकेँ।...२
मेरो एउटा भूल सम्झेँ, व्यर्थै तिमीलाई किन किन रोजेँ।...२
सम्झिबसेँ तिमीलाई, आफ्नो भनेर।
पर्खि बसेँ, तिमी आउँछौ भनेर।
अब भन्ने छैन तिमीलाई, आफ्नो भनेर...२।

तिम्रै निम्ती सबलाई त्यागेँ, धेरै के भनुँ, घरै पनि बिर्सें।...२
निष्ठुरी नै बन्यौ तिमी, ब्यर्थै तिमीलाई किन किन पर्खेँ।...२

सम्झिबसेँ तिमीलाई, आफ्नो भनेर।
पर्खि बसेँ, तिमी आउँछौ भनेर।
अब भन्ने छैन तिमीलाई, आफ्नो भनेर...२।  

Em        Bm   D             Em
बितेका कुराले, केहि चोट लाग्दा।
Em           D     C        Em
तिमी टाढा हुँदा, धेरै दुख लाग्छ।
Em             D          Bm              G
मलाई जस्तै तिम्लाई पनि, त्यस्तै हुनसक्छ।...२
Em      Am      Em
मेरी मायालु...४

Em          D          G               Em
सपनाले साथदिंदा, संगै बसे जस्तो लाग्छ।...२
Em              B             G               Em
विपनाले झस्काई दिंदा, चोट अझै बल्झिदिन्छ।...२
बितेका कुराले, केहि चोट लाग्दा।
तिमी टाढा हुँदा, धेरै दुख लाग्छ।

कल्पिकल्पि रोए भने, तिमी कहिल्यै नरुनु।...२
मिलन नभई मिटें भने, तिमी बिचलित नहुनु।...२
बितेका कुराले, केहि चोट लाग्दा।
तिमी टाढा हुँदा, धेरै दुख लाग्छ।

मलाई जस्तै तिम्लाई पनि, त्यस्तै हुनसक्छ।...२
मेरी मायालु...४  

E                          F#M       E       B7           E
[कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।]...२

E        G           E            C          D     E
धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु।...२
G#                 A          E        B7           E
जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।...२
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।

धेरै बाधाहरु अरुको, तर दोष कसैलाई नदिनु।...२
जति जे भो भैगयो, मन मन्दिरमा सजाउनु।...२
कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन।
कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।
You Might Also Like These Songs
Total Views