F                  C                 F
हजार आँखा हेर्ने, मेरी मायालुलाई।
F                  C                 F
हजार हात छेक्ने, मेरी प्रेयशी लाई।
F            G         Gm        F
कसोरी म भेटुँ, म देखुँ उनीलाई।…२
C                        Am        F
यी बाधा छिचोली, अंगालु उनीलाई।…२

F               A#         Gm      F
[उनी बोल्दछिन, गीतको भाका लिई।
Gm          C            Am     F
उनी हास्दछिन, फूलको वासना लिई।]…२
Am           Gm     G         F
नबोल्ने को होला, देखेर उनीलाई।…२
C               Am            F
म बोलु कसोरी, भनु के उनीलाई।…२

[बिहानीको शितमा, उनी झल्मलाउछिन।
जसै साँझ पर्छ, प्रतिक्षामा हुन्छिन।]…२
उनी ओँठ आँखाले, छुन्छिन मलाई।…२
उपहार के दिउँ, भनु के उनीलाई।…२

हजार आँखा हेर्ने, मेरी मायालुलाई।
हजार हात छेक्ने, मेरी प्रेयशी लाई।

जहाँ छन बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तीको क्षेत्र, मेरो राष्ट्र मनोहर।
प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता।
छल्किन्छ ममता मेरो, भावगंगा जतातता।
जहाँ छन बुद्धका आँखा।

माया नेपालको लाग्छ, नेपाली इतिहासको।...२
माया प्रकृतीको लाग्छ, कला भाषा र भेषको।
पुर्खाको मन्त्र यो जप्छु, चौतारीमा बसी।
जननी जन्म भुमिष्च, स्वर्गादपी गरियसी।
जहाँ छन बुद्धका आँखा।

छ ठुलो चाहना मेरो, आमालाई हसाउने।...२
सर्वोच्च शिखर बाट, विश्व-शान्ती सुनाउने।
यहि प्यारो मितृका माथि, पौरखी बनिकन।
पार्छु यो चाहना पुर्ण, गरि देह समर्पण।

जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तीको क्षेत्र, मेरो राष्ट्र मनोहर।
प्राण भन्दा प्यारो लाग्छ, मेरो देश कता कता।
छल्किन्छ ममता मेरो, भावगंगा जतातता।
जहाँ छन बुद्धका आँखा।

हजार सपना हरुको, माया लागेर आउँछ।
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ।
हजार सपना हरुको, माया लागेर आउँछ।

[मैले बाँचेको परिवेश, सानो त्यति थिएन।
परदेशी जस्तो कोही, एक्लो पनि थिएन।]…२
अल्झे कहीं त के भो, बाटो भूलेको छैन।…२
भाँचीई सकेको विश्वास, फेरी भएर आउँछ।
हजार सपना हरुको, माया लागेर आउँछ।

[मेरा ति स्वर हरुलाई, थुन्नु त्यति भएन।
सबले भुलेको जस्तो, भुल्नु पनि भएन।]...२ 
खुशी नै हो कि के हो, मनमा भएर आउँछ।...२
छिनमा लहर अनेकौ, मनमा उठेर आउँछ।

हजार सपना हरुको, माया लागेर आउँछ।
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ।
हजार सपना हरुको, माया लागेर आउँछ।



यतिसम्म प्रिती गरीगरी,(न यता भएँ , न उता भएँ)…२।
न त मन लिएँ, न त दिई दिएँ, न यता भएँ, न उता भएँ।

न त होश हवाश केहि राखियो, न त फूलको रस चाखियो।...२
न त  याद भो, न त स्वाद भो, न यता भएँ, न उता भएँ।

बिना औसरै सित भेटनु, तरवार लिईकन रेटिनु।...२
न त छिन्दिनु, न नछिन्दिनु, न यता भएँ, न उता भएँ।

न त साथ बस्न संगै भए, न त दुष्मनै सरि भईगएँ। ... २
न पुरानियाँ न त यो नयाँ, न यता भएँ, न उता भएँ।

न त खुश भईकन प्रेम गरी, न त रिस गरी कन मन हरी।...२
न यसो गरी, न उसो गरी, न यता भएँ, न उता भएँ।

यतिसम्म प्रिती गरीगरी,(न यता भएँ , न उता भएँ)…२।
न त मन लिएँ, न त दिई दिएँ, न यता भएँ, न उता भएँ।



प्रिय तिम्रो मुहारमा, हासो मैले कहिले देखिन।...२
रुझेका परेलाहरु, मैले कहिले ओभानो देखिन।
प्रिय तिम्रो मुहारमा, हासो मैले कहिले देखिन।

नझार आँसु यहाँ, आँसुको मोल कहाँ छ र।...२
कसैलाई नपोख वह, सुनिदिने को छ र।...२
सुनिदिने को छ र।

प्रिय तिम्रो मुहारमा, हासो मैले कहिले देखिन।...२

रोईरोई जिउनु भन्दा, हाँसीहाँसी बाच्न सिक।...२
जगको रीत यस्तो यहाँ, घामपानी खप्न सिक।...२
घामपानी खप्न सिक।

प्रिय तिम्रो मुहारमा, हासो मैले कहिले देखिन।...२
रुझेका परेलाहरु, मैले कहिले ओभानो देखिन।
प्रिय तिम्रो मुहारमा, हासो मैले कहिले देखिन।



सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म...२।
सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म...२।
सबै बेहोशी नशा पिएर।

सपना फुटेर, आँसु बनेछ, त्यो आँसु फेरी व्यथा बनेछ। ...२
आँसुका थोपा मोती बनेर, उदास मनको कथा भनेछ ...२।
सबै बेहोशी नशा पिएर।

सुनसान बगरमा आँधी चलेछ, फैलेर आँधी चाहना बनेछ।...२
न अटेर माया अन्जुली भरेर, ढलपल आँखा सागर भुलेछ...२।

सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म...२।
सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म...२।
सबै बेहोशी नशा पिएर।


मुटु जलिरहेछ, यो मन गली रहेछ।
तिम्रो याद आईदिँदा, आँशु त्यसै बगेछ...२।
मुटु जलिरहेछ।

मिलनका हरेक पलहरु, मुटु भित्र कहीँ बसेछ। ...२
विपनामै सपना देख्ने, बानी मलाई परेछ...२ ।
हुरी चलीरहेछ, घाऊ दुखी रहेछ।
तिम्रो याद आईदिँदा, आँशु त्यसै बगेछ...२।
मुटु जलीरहेछ।

तिम्रो मायाको  न्यानोपनमा, मेरो माया बाँचीदिएछ।...२
तिम्रो ओंठका मुस्कान सगै, मेरो हाँसो विलाईदिएछ ...२।
जीवन ढलीरहेछ, व्यथा बढिरहेछ।
तिम्रो याद आईदिँदा, आँशु त्यसै बगेछ।
मुटु जलीरहेछ।



जति चोट दिन्छौ देउ मायालु, मुटु भित्र साचेर राख्ने छु।
जति आँसु दिन्छौ  देउ मायालु, दुइ आँखा बाट झार्ने छु।
जति चोट दिन्छौ देउ मायालु, मुटु भित्र साचेर राख्ने छु।

मुटु मा फुलेको बिस्वासको फूल, बिबशताको हुरीले झारिदिएछ। ...२ 
तर तिम्रो नजरमा दोषी को श्रेय, यो अभागी लाइ मिलेछ।
ठिकै छ मायालु म तिम्रो नजरमा, दोषी भएर बाच्ने छु।
जति आँसु दिन्छौ  देउ मायालु, दुइ आँखा बाट झार्ने छु।

जति चोट ................

बिछोडको घाउमा खाता नबस्दै, तिमीले फेरी बदनाम गरेउ। ...२
मेरो जीवनमा बहार आउने, सारा मुहान हरु थुनी दिएउ।
ठिकै छ मायालु म जीवन भरि नै, उजाड भएर बाच्ने छु।

जति चोट दिन्छौ देउ मायालु , मुटु भित्र साचेर राख्ने छु।
जति आँसु दिन्छौ  देउ मायालु, दुइ आँखा बाट झार्ने छु।
जति चोट दिन्छौ देउ मायालु , मुटु भित्र साचेर राख्ने छु।
You Might Also Like These Songs
Total Views