[यो कर्मभुमीको आँगनमा।
कर्मको उदाहरण, प्रस्तुत गरेर देखाउँ।
यहाँको धर्ती, बाँझो छैन।…२
बिकासको फूल फूलाउँ।…२]…२

[विस्वास गर्छन, यहाँका मानिसहरु।
शब्दमा हैन, कर्ममा।]…२
बिकासको लहर, पुर्याउनु छ।
शहरमा अनि, गाउँमा।
गाउँ गाउँमा।…२

यो शान्ती क्षेत्रको, आँगनमा।
शान्तीको उदाहरण, प्रस्तुत गरेर देखाउँ।
यहाँको धर्ती, बाँझो छैन।…२
बिकासको फूल फूलाउँ।…२

[निर्माण गर्ने, अपार शक्ती छ।
हामी नेपालीका, पाखुरीमा।]…२
देशभक्ती दौडिरहन्छ, यहि रगतको थोपामा।
थोपा-थोपामा।…२  

यो पुन्यभुमीको, आँगनमा।
धर्मको उदाहरण, प्रस्तुत गरेर, देखाउँ।
यहाँको धर्ती, बाँझो छैन।…२
बिकासको फूल फूलाउँ।…४
You Might Also Like These Songs
Total Views