एउटा कुरा भनुँ , भन न।…४
तिमी मलाई मन पर्छ।...२
एउटा कुरा सोधुँ, सोध न।...२
किन लाग्छ माया।…३

हिमालले उचाई, मन पराए जस्तै।
घामले न्यानो न्यानो पन, मन पराए जस्तै।
जुनले, उज्यालो, मन पराए जस्तै।
तिमी मलाई मन पर्छ।...२
[तिम्रै भर परूँ, पर न।
तिम्लाई माया गरूँ, गर न।] …२
किन लाग्छ माया।…३

[यो धड्कन भित्र, पलपल, पलपल हरपल।
तिम्रै माया धड्किन्छ।]…२
केहि पल तिम्रो याद बिसाए।…२
मेरो सास, सासै अड्किन्छ।
एउटा कुरा सोधुँ, सोध न।…४
किन लाग्छ माया।…३  

जोडी ढुकुर संगै डुलेको, हो किन होला।
नाई मलाई थाहा छैन।…२
फूलमा सधै, भंवरा झूलेको, हो किन होला।
नाई मलाई थाहा छैन।…२
के छ तिम्रो मन, बरु सिधै भन।.…२
बांगो कुरा बुझ्ने बेला भाछ,  भाछैन।
नाई मलाई थाहा छैन।…४

[हेर न हेर चखेवा जोडी, डालीमा रमाँए।
सर न पर, लाग्यो नि डर, मै पनि लजाँए।]....२
के छ तिम्रो मन, बरु सिधै भन।.…२
मन भित्र खुल्दुल खुल्दुल, भाछ, भाछैन।
नाई मलाई थाहा छैन।…२
खै मलाई थाहा छैन, नाई मलाई थाहा छैन।

[हेर न हेर दुई खोली पनि, भेटिए दोभान।
बरु ज्यान जाला, मतलब छैन, साचिन्छ जोवन।]...२
भन सत्य सत्य, नगर न हत्ते।…२
जोवन देख्दा, त्यो मन लोभी, भाछ भाछैन।
नाई मलाई थाहा छैन।…२
खै मलाई थाहा छैन, नाई मलाई थाहा छैन।
You Might Also Like These Songs
Total Views