[पानी है पर्यो धरर, कान्छीको केश भिजायो।
केशको पानी बगेर, निदारको टिका बगायो।]…२
मै मोरो सोझो…२, पछि लागे पानीको।
थाहा भएन हेर्नु हुन्न, वैश नानीको।
मै मोरो सोझो, पछि लागे पानीको।
थाहा भएन, हेर्नु हुन्न, वैश नानीको।

कहाँ हेरौं…५ भयो, आकाश तिर हेरें।
घामले आँखा, खोल्नै सकिन।
के बोलुँ …५ भयो, कान्छीको छेउमा पुंगे।
तर, बोल्नै सकिन।
कान्छी हिडिन भीरको बाटो, मलमलको बर्को ओढेर।
ओढु झैँ लाग्यो मलाई पनि, त्यहि बर्को माँगेर। 
[मै मोरो सोझो, पछि लागे बर्कोको।
थाहा भएन हेर्नु हुन्न, वैश अर्को को।]…२

गाजलु आँखा तिर…२, मन मेरो टोलायो।
लाग्छ त्यो मनले…२, बल्ल मलाई बोलायो।
कान्छी हिडिन खोलैखोला, फरिया थोरै सारेर।
फर्किउँ लाग्यो मलाई पनि, कान्छीलाई खोली तारेर।
[मै मोरो सोझो, पछि लागे पानीको।
थाहा भएन हेर्नु हुन्न, वैश नानीको।]…३

मै मोरो सोझो, पछि लागे बर्कोको।
थाहा भएन हेर्नु हुन्न, वैश अर्को को।

[म बाँचेकै, तिमीसँग माया लाउँन हो।
मर्ने पनि, अर्को जुनी तिम्लाई पाउँन हो।]…२
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन।
माया गर्ने मुटुले हो, निदारले हैन।
सुन, माया गर्ने मुटुले हो, निदारले हैन।…३

[डाँको छोडी रून मन छ, रुन पाईन।
तिमी बाहेक, अरु सँग, रून चाहिन।]…२
मेरो आँसु, पनि तिम्रो पीडा रून हो।
यो धर्तीमा म जन्मेको, तिम्रै हुन हो।
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन।
माया गर्ने मुटुले हो, निदारले हैन।
सुन, माया गर्ने मुटुले हो, निदारले हैन।…३

[सासले हैन, म त तिम्रो साथले बाँचेको।
आफै हेर मेरो ओठमा, तिमी हाँसेको।]…२
मेरो आत्मा, तिमी नै हो, आत्मा फेरिन्न।
मुटु भित्र, भाको माया, हातमा हेरिन्न।
ज्योतिषीले भन्छन मेरो निदारमा तिम्रो, नामै छैन।
माया गर्ने मुटुले हो, हातले हैन।
सुन, माया गर्ने मुटुले हो, निदारले हैन।…३

ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…३

रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।
रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली।
हेर हेर चढ्न थालिन…२, वैश को उकाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।
ओई झुमा, झुमा झुमा, ओई झुमा, झुम्कावाली।

चढ्नु पर्ने धेरै होलान, साना-ठुला थुम्काहरु।…२
जतन गरि हिड्नु सधै, हराउलान झुम्काहरु।
तिमीपनि थुम्काली हौ, मै पनि थुम्काली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२

घरबुनाको पछ्यौरी त्यो, मखमली बुट्टेचोली।…२
अलिकति माया देउन त्यो मनको, थैली खोली।
योवनको छानो मुनि, पिरतीको पाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२

ऎसेलुको दाना हेर, अलिअलि पाक्न बाँकी।…२
खट्टो छ कि गुलियो छ, रह्यो अब जाँच्न बाँकी।
छल्काउँदै ओठभरी, भेरी र कर्णाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२

रुपको बत्ती बाल्दै आईन, झुमा, झुम्कावाली।
हेर हेर चढ्न थालिन…२, वैश को उकाली।
ओई झुमा, ओई झुमा, ओई, झुमा, झुम्कावाली।…२
ओई झुमा, झुमा झुमा, ओई झुमा, झुम्कावाली।
     

[छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।]…२
म त सधै भरि तिम्लाई, माया गर्ने मान्छे।
म त तिम्रो साथ विना, जिउंदै मर्ने मान्छे।
छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।

[को नै तयार छ र यहाँ, माया विना बाँच्न।
एउटा लाई मन दिएर, अर्को संग हाँस्न।]…२
म त सधैभरि तिम्रो, भलो चाहने मान्छे।
तिम्रो खुशी जता चल्छ, उतै जाने मान्छे।

[बर्षौ देखि गुम्सिएका, कति कुरा भन्नु छ।
एकपल पनि नछुटिने, तिम्रो जोडी बन्नु छ।]…२
म त सधैभरि तिम्रो, जीवन चाहने मान्छे।
म त सधै भरि तिम्रो, धड्कन सुन्ने मान्छे।

छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।
म त सधै भरि तिम्लाई, माया गर्ने मान्छे।
म त तिम्रो साथ विना, जिउंदै मर्ने मान्छे।
छुट्टिएर तिमीसँग, बाँच्न सक्ने भए।
किन तिम्रो मायाको, भिख माग्नु पर्थ्यो।



आफ्नो भनुँ कसलाई यहाँ, पराई तिमी भयौ भने।...२
यति माया गर्दा पनि…२, मलाई छोडी गयौ भने।
म त धेरै माया गर्छु, तिमीले छोड्यौ भने।
म त मर्छु मर्छु, कसम मर्छु।

संसारका सारा खुशी दिन्छु, तिमीलाई पुग्ने गरी।...२
मन भरि माया तिम्रो, सम्झना छ मुटु भरी।...२
म त धेरै माया गर्छु, तिमीले छोड्यौ भने।
म त मर्छु मर्छु, कसम मर्छु।

सयौं जुनि तिमीसँगै, जिउँछु पनि भन्दिन म।...२
यो जुनिलाई तिमी बाहेक, अरुको बन्दिन म।...२
आफ्नो भनुँ कसलाई यहाँ पराई तिमी भयौ भने।...२
यति माया गर्दा पनि…२, मलाई छोडी गयौ भने।

म त धेरै माया गर्छु, तिमीले छोड्यौ भने।
म त मर्छु मर्छु, कसम मर्छु। 



याद……७
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ।...२
कुनै मोडमा साथी, पाईदो रहेछ।...२
कुनै मोडमा साथी, गुमाईदो रहेछ। ...२
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ।

बाटोमा भेटिने कोहि, बाटोमै छुटिने कोहि।...३
यति बुझ्दाबुझ्दै पनि, माया त लाग्दोरहेछ।...२
कुनै मोडमा साथी, पाईदो रहेछ।...२
कुनै मोडमा साथी, गुमाईदो रहेछ। ...२
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ।

मायाले रुझाउने कतै, मायाले बिझाउने कतै।...२
दुख्छ भन्ने जान्दा पनि, मुटु त चलाईदो रहेछ। ...२
कुनै मोडमा साथी, पाईदो रहेछ।...२
कुनै मोडमा साथी, गुमाईदो रहेछ।...२
याद गर्न पनि, कोहि न कोहि त चाँहिदो रहेछ...२।



[जिन्दगीभर सुख मात्रै, कहाँ हुन्छ र।
जिन्दगीभर हास्दै जिउने, मान्छे कुन छ र। ]...२
हर मान्छेले, दिन र रात दुवै।
हर मान्छेले, हार र जित दुवै।
भोग्नै पर्दो रैछ।...२
जिन्दगी भर सुख मात्रै, कहाँ हुन्छ र।

कुनै सपना पुरा हुन्छ, कुनै सपना हुन्न।...२
मनको ईच्छा, मनमै मर्दा, कसको मन पो रुन्न...२।
[जिन्दगीभर मिलन मात्रै, कहाँ हुन्छ र।
जिन्दगीभर माया पाउने, मान्छे कुन छ र।]...२
हर मान्छेले, दिन र रात दुवै।
हर मान्छेले, हार र जित दुवै।
भोग्नै पर्दो रैछ।...२
जिन्दगी भर सुख मात्रै, कहाँ हुन्छ र।

जतिसुकै सुन्दरहोस फूल, एकदिन ओइली झर्छ।...२
आफुसंग जे छ त्यहि मा, मन बुझाउनु पर्छ...२।
[जिन्दगीभर खुशी मात्रै कहाँ हुन्छ र।
जिन्दगीभर नरोई जिउने, मान्छे कुन छ र।]...२
हर मान्छेले, दिन र रात दुवै।
हर मान्छेले, हार र जित दुवै।
भोग्नै पर्दो रैछ।...२
जिन्दगी भर सुख मात्रै, कहाँ हुन्छ र। 



जुन मायालाई फुल सम्झेथे।...२
त्यहि मायाले छिया-छिया पारीगयो मन।...२
सबैको मन जित्छु भन्थे।…२
तर आज आफै संग हारी गयो मन।...२
जुन मायालाई फुल सम्झेथे।

[आज हामी टाढा हुनु,
उनको मात्र गल्ती थिएन कि सायद।]...२
पर्यो आज एक्लै रुनु ...२,
भाग्यले नि साथ दिएन कि सायद।...२
जुन मायालाई खुशी सम्झेथे।
त्यहि मायाले आँसु बनाई, झारिगयो मन।...२
सबैको मन जित्छु भन्थे।…२
तर आज आफैसंग हारीगयो मन। ...२
जुन मायालाई फुल सम्झेथे।

[भुलगरें मैले पनि,
उनको चाहना लै बुझ्न नसकेर।]...२
भुल गरिन उनले पनि...२,
मैले जस्तै प्रेमलाई बुझ्न नसकेर।...२
जुन मायालाई जीवन सम्झेथे।
त्यहि मायाले हास्दै हास्दै मारीगयो मन।...२
सबैको मन जित्छु भन्थे।…२
तर आज आफैसंग हारीगयो मन। ...२
जुन मायालाई फुल सम्झेथे।



[समाएर तिमीले, छोड्यौ हात किन।
मुटु साटी तिमीले, गर्‍यौ घात किन।]…२
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, रुवाउनु किन।...२

[पिठँयुबाट हान्यौ छुरा, बोल्न सम्म पाइन।
हेर्दा हेर्दै पराई भयौ, रोक्नै सकिन।]…२
एकोहोरो भयो मन, आँशु थामिएन।
जतिसुकै सोचे पनि, कारण भेटिएन।
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, अल्झाउनु किन।…२

[दुनियाँको नौलो जोडी, बन्ने कुरा गर्थ्यौ।
बाँचुन्जेल साथ दिन्छु, मर्छु सँगै भन्थ्यौ।]…२
मरिहत्ते किन गर्‍यौ, छाडी जाने भए।
त्यस्तो साईनो किन जोड्यौ, तोडी लाने भए।
खाएको कसम तोड्नु थियो भने।
लाएको माया भुल्नु थियो भने।
माया गर्छु भनि, रुवाउनु किन।…२



खै जालमा परेर गई कि, पारेर गई।...२
कसरि भनु, मरेर गई।...२
मरेर गई कि, मारेर गई।
खै जालमा परेर गई कि, पारेर गई।

नयनको त्यो मदिरा…३ मागे, पिलाइदीइ…२।
बिचरीले, सध्य बानी बिगारेर गई।...२

ओढेर आएको त्यो, इमानको च्यादर ..२।
ओढेर आएको त्यो, इमानको च्यादर। ....२
इमानको च्यादर।
आज उसले यतै कतै उतारेर गई।...२

उज्यालो देखि सायद...३।डराउँछे होला उ...२।
मध्यरातमा किन ढोका उघारेर गई। ... २
कसरि भनु, मरेर गई।
मरेर गई कि, मारेर गई।
खै जालमा परेर गई कि, पारेर गई।    



यो झरीमा तिमीसंगै, रुझ्न पाए जाती हुन्थ्यो।...२
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाए जाति हुन्थ्यो।

[ओढ्ने अरु केहि नहोस, ओरपर गाउँ नहोस।
गड्य़ाङ्-गुडुंग गर्दाखेरी, कतै लुक्ने ठाउँ नहोस।]...२
तिम्रैवरको आधा-आधा ओढ्न पाए जाती हुन्थ्यो।
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाए जाती हुन्थ्यो।

[आंधीबेरी आओस बरु, मनभरि बाढी आओस।
बगाउँदा बगाउदै, बरु कतै छाडी जाओस।]...२
ऒत लाग्ने ठाउँ कतै, नभैदिए जाती हुन्थ्यो।
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाएजाती हुन्थ्यो।
You Might Also Like These Songs
Total Views