तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।...२
तिमी छौ र त, सपना छ, साकार गर्ने चाहना छ।...२
तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।

तिमी छौ र त, यो खुशी छ, अनि जिउन सजिलो छ।...२
तिमी छौ र त, यो हात छ , अनि साथ दिने चाहना छ।...२
तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।

संगाली राख हाम्रो माया, जुगजुग सम्मलाई।...२
तिमी छौ र त, यो संसार छ, अनि त्यहाँ हाम्रो माया छ।...२
तिमी छौ र त, माया छ, सम्बन्धको मिठास छ।
You Might Also Like These Songs
Total Views