पात झरी, रुखो भयो समी, तिमी आईनौ…५।
मन यो डढी, राख भयो अति, तिमी आएनौ…५।

साँझ पर्यो, दिन यो ढल्यो, चराहरु फर्के बासमा।
हो…आँसु सुक्यो, आश मर्यो, आश अड्यो सासमा।
पहिरो खस्यो, मनमा कतिकति, तिमी आईनौ।
तिमी आएनौ….२, तिमी आईनौ….२।

तिम्रो लागि, ज्यानै पनि, हत्केलामा राखिदिन्थे म।
हो…संगै जिउने, चाह बोकी, तिम्रो बाटो सधै कुर्थे म।
सपना टुटी, सुन्य भयो कति, तिमी आएनौ।
तिमी आईनौ, तिमी आएनौ,तिमी आईनौ….२।


[हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो।
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती भयो।…२]…२

हरियाली बनपाखा को, भेट हाम्रो आलै थियो।…२
चढाएको भाकल हाम्रो, देउरालीलाई थाहै थिहो।
बिहानीको शीत जस्तै चोखो हाम्रो माया थियो।
तर हाम्रो माया, दुई किनार भयो।…२

चखेवाको जोडी जस्तै, हाम्रो माया उड्ढै थियो।…२
हुरी बतास चलेपनि, दुई आत्माको जित नै थियो।
कहिले हास्ने कहिले रुने, यस्तै हाम्रो माया थियो।
तर हाम्रो माया, दुई किनार भयो।…२

हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो।
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती भयो।…३ 



[कुन हुरीले कता उडाई, कहाँ कहाँ छुटें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।]…२
कुन हुरीले कता उडाई।

[यस्तो लाग्छ कहिलेकाहीं, अझै ठुलो घाऊ होस।
माया गर्ने निष्ठुरीको, यहि छातीमा पाऊ होस।]…२
दिने माया सबै दिएँ, तर कहाँ चुकें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।
कुन हुरीले कता उडाई।

[भन्ने हरु भन्छन मलाई, फलानो छ धेरै खुशी।
साथी संगी हजार हजार, बाच्ने खुबी कतिकति।]…२
आफन्तकै न्यानो चोटले, कहाँ कहाँ टुटे म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।

कुन हुरीले कता उडाई,कहाँ कहाँ छुटें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।
कुन हुरीले कता उडाई।   



आँशु देऊ या हाँसो,जीवन देऊ या पासो।…२
तिमीलाई माया गरिसकें, तिमीलाई नै…२।
हो हो हो...

खहरे भै मेरो माया, तिमीमै पुग्न आउँछ।…२
सागर भई समेटि देऊ…२, यो जीवनले लक्ष्य पाउँछ।
माथ देऊ या साथ, लक्ष्य देऊ या घात।…२
तिमीलाई माया गरिसकें, तिमीलाई नै…२।

तिम्रै त्यो अंगालोमा, पिरती यो फुल्न पाओस…२।
लहरा भई अंगाली देऊ…२, जीवन यो झुल्न पाओस।
फूल देऊ या काँडा, मनमा राख या टाढा…२।
तिमीलाई माया गरिसकें, तिमीलाई नै…२।
हो हो हो .......



हिरा काट्ने हिरैमा राखेर।
दुख काट्ने, दुखैमा हासेर।
भन्न सजिलो, धेरै सजिलो।
कसले पो बुझ्छ र, मनको पहिरो।
दैब छोडेर, दैब छोडेर।…२

[दुई छेऊ सिक्काको झै, सुख दुख सरोबरी।
हुन्न रैछ कहिले पनि, सबैलाई बरोबरी।]…२
आफ्नो दुख पहाड भन्छन, अरुको तराई।
गार्है पर्दो रैछ बाच्न, भित्री मन जलाई।

हिरा काट्ने हिरैमा राखेर।
दुख काट्ने, दुखैमा हासेर।
भन्न सजिलो, धेरै सजिलो।
कसले पो बुझ्छ र, मनको पहिरो।
दैब छोडेर, दैब छोडेर।…२

[कहिले प्रीतको फूल पनि, बिष लाग्ने बन्छ पासो।
एउटाको आँसु झर्दा, अर्कोको छुट्छ हाँसो।]…२
सकिदैन बनाउन, मन जाँच्ने कसी।
बेग्लाबेग्लै हुन्छ क्यारे, भाग्य लेख्ने मसी।

हिरा काट्ने हिरैमा राखेर।
दुख काट्ने, दुखैमा हासेर।
भन्न सजिलो, धेरै सजिलो।
कसले पो बुझ्छ र, मनको पहिरो।
दैब छोडेर, दैब छोडेर।…२  



बर्षातमा उनि रुँदा, झरी बनु लाग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...२

नौनी जस्तो शरीर उनको, सबै तिर रुझ्यो।...२
कल्कलाउदो वैश रूझ्दा, काउकुति नै चल्यो।
रुझेका ति कोमल अंग, हेरी रहुँ लग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...२

कतिधेरै भाग्यमानी, त्यो बर्षीने पानी।...२
छिल्लिएर गिज्याउन्दै, गर्छ मनमानी।
बर्षातको चाला देख्दा, लौन डाहा लग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...२

बर्षातमा उनि रुँदा, झरी बनु लाग्यो।...२
केशबाट तप्प चुहिने, पानी बनु लाग्यो,मलाई पानी बनु लाग्यो।...३  



अझै पनि लजाउछेऊ, बेहुली झैँ उसैगरी।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।
आधा उमेर बितिसक्यो, जिन्दगीको यसैगरी।
खुशी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि।
अझै पनि लजाउछेऊ।

रहर मात्र कहाँ फ़ुल्छन, बाधा पिर बिझिदिन्छन।...२
हास्दा हास्दै आँखा भरि, चोट हरु छल्किदिन्छन।...२
गुलाबी ति अधरमा लुकाएरै फेरी।
अझै पनि बाढदछेऊ, सुख हरु उसैगरी।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।

धेरै ईच्छा सम्झौतामा कुर्दा पनि खुशी हुन्छेऊ।...२
अति पिरे वेदनाले, एकान्त मै रोई दिन्छेऊ।...२
उदासीको बोझलाई, हृदय मै गाँठो पारी।
अझै पनि माया गर्छेऊ, मलाई तिमी उसै गरि।
अझै पनि रिसाउछेऊ, घुर्क्याउछेऊ उसैगरी।
अझै पनि लजाउछेऊ।
आधा उमेर बितिसक्यो, जिन्दगीको यसैगरी।
खुशी तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि।
अझै पनि लजाउछेऊ।



[बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस।
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस।]...२

नेपाली श्रम र सिपको प्रवाह दिगन्त फैलियोस।...२
मलाई टेकी खुड्किलो, यो देश माथी उक्लियोस।
नेपालको म सन्तती, सगर्व भन्न पाइयोस...२।

मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौ।...२
छ कामना यो मेरो, बरु म नर्क मै परु।
जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस।
नेपाली भन्न पाइयोस।

यो सुर्य चन्द्र को ध्वजा, मेरै रगतले रंगियोस।...२
यहीको जल अन्जुली भर निलेर मर्न पाइयोस।
स्वदेशको निम्ती, यो शिर चढाउन पाइयोस...२।

बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस।
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस...५।



आउछु भनि पापिनीले भर किन पार्नु।...२
ज्यानै दिने बाचा गरि, माया किन मार्नु।...२
आउछु भनि पापिनीले भर किन पार्नु।

[झल्को आउँदा अतितको फुट्न खोज्छ छाती।
चिच्याउने रैछु उसको नाम लिदै राती।]...२
नाम लिदै राती।

सुकाएरै मार्ने भए, फूल किन सार्नु।...२
आधा घाटमा, खोला किन तार्नु।...२
आउछु भनि पापिनीले भर किन पार्नु।

[मेरो खबर उसैकहाँ पुर्याइदेउन कोहि।
तिम्रै यादमा मर्छक्यारे, भनिदेउन रोई।]...२
भनिदेउन रोई।

उसले जिती जीवनमा, मैले पर्यो हार्नु।...२
एकै छाक भएपनि, भन्देउ नुन बार्नु।...२

आउछु भनि पापिनीले भर किन पार्नु।...२
ज्यानै दिने बाचा गरि, माया किन मार्नु।...२
आउछु भनि पापिनीले भर किन पार्नु।


नबोलाउ कसैलाई यहाँ राती-राती।...३
होशमा हुदैनन...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

गन्दैन एक्लो जुनलाई कसैले।...३
तारा गन्ने चलन, यहाँ राती-राती।...२
होशमा हुदैनन...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

हुदैन जसको, बिपनानै आफ्नो।..3
आउदैन सपना ,पनि राती-राती।...२
होशमा हुदैनन...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

उज्यालोमा बद्नाम, आँखा हरु हुन्छन।...३
नहुने के रैछ, यहाँ राती-राती।...२
होशमा हुदैनन्...२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

दिनभरि खाए तिमीसंग कसम।...३
लडखडाउदै आए, सधै राती-राती।...२
होशमा हुदैनन्...२ कोहि राती-राती।
नबोलाउ कसैलाई यहाँ राती-राती।...२
यहाँ राती-राती।...४



चरिले त छाडेर गैगयो, गैगयो।
[सम्झना चै डालीमा रही रह्यो] ...२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रही रह्यो।]...२

[संगै संगै हिड्ने मान्छे भयो पर पर।] ...२
मनमा चाही उसकै रुप अल्झी रह्यो तर।
[सुख पनि मन रैछ दुख पनि मन।]...२
[मनै दुखि भए पछी के गर्नु र धन।]...२
उ त डाडा काटेर गइ गयो, गइ गइयो।
[सम्झना चै डालीमा रही रह्यो।]...२

[जति बिर्सु भने पनि याद उसकै हुन्छ]...२
ओठ भरी हासे पनि भित्रि मन रुन्छ।
[घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने।]...२
[नरोएर जाने हजुर नधोएरै जाने।]...२
आफ्नो आगंन बिरानो भैगयो, भैगयो।
[सम्झना चै डालीमा रही रह्यो।]...२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रहीरह्यो।]...२ 



मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।...2
कहीले हसायो, कहीले रुवायो।...2
आफ्नै संग छुटाएर एक्लो बनायो।
मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।...2

[धरै हीडे बाटो हरु, धेरै तरे खोला।
आफ्नै संग बीछोढिने कस्तो भाग्य होला?] ...२
नीयति को घाम-पानीले पोल्यो रुझायो।
मिठा मिठा सपना पनि यस्ले उढायो।
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो। ...२

[जता टेकु काढै-काढा, टेक्ने ठाउ छैन।
पराई भै बाच्न मलाई अब मन छैन।] ...२
कता छुटे रहर, कहाँ खुसी हरायो
किन होला विधाताले आशु जुरायो
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो। ...२

कहीले हसायो, कहीले रुवायो।...2
आफ्नै संग छुटाएर एक्लो बनायो।
मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।...2



फूल भन्छ फुलि रहुँ जुन भन्छ चम्कि रहुँ।...२
मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु।
बाँचुन्जेलीलाई...४

नदी भन्छ बगी रहुँ, सृष्टि भन्छ चलि रहुँ।...२
मन त भन्छ सबैसङ्ग माया-मोह राखि रँहु।
बाँचुन्जेलीलाई...४

[नपरोस् बचनले घोच्न, बरु ओठ सिएरै बस्छु।
बिझाउँदिन आँखाहरुमा बरु आफैं उडि दिन्छु।]...२
कसैको दुखमा हासँदा, कस्लाई पो शान्ति मिल्छ।
सपना त सपना हो, बिपनीमा रित्ति हाल्छ।
बिपनीमा रित्ति हाल्छ।
बाँचुन्जेलीलाई...४

[नपरोस् टुटेर जाने, कसम र किरिया खान।
नपरोस् छिन भरको लागी, झिनो साहारा बन्न।]...२
सुन झै सुन्दर तारा, कस्ले पो टिप्या छ र।
मरे पछिको स्वर्ग, कस्ले पो देख्या छ र।
कस्ले पो देख्या छ र।
बाँचुन्जेलीलाई...४



[ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि, मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...२]...२

[मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खा को।
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पा को।]...२
माया त रैछ धारिलो छुरा, रेटिनै पर्यो नि...२।
बासै उठाउने, कस्तो यो खेल भो?
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...२

[सबैको देख्छु हासी र खुशी, सिखर को बाटोमा।
आफ्नो त बरै, भाग्य नै फाट्यो, मायाकै फाटोमा।]...२
दुइ-चार दिनको त्यो मृगतृष्णा, के  देख्नु पर्यो नि...२।
झिरै मा उनेको, माछी झैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...२

ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि, मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।...५ 



दिलको कुरा नगर दिलमाया, धेरै भयो सिशा झैँ फुटेको।...२
आगो पानी संग-संगै बस्दैनन। ...२
जाती भयो तिमीसंग छुटेको। ...२

फूलजस्तै मुस्कुराई हासी-हासी आयौ। ...२
फूलको जोवन जलाएर तिम्ले आगो लायौ।
सुनको कुरा नगर सुनमाया।
सुनको मान्छे, फलामको विचार।
अघि-अघि फूलको बयान। ...२
पछि-पछि छुराको प्रहार। ...२

मन परुन्जेल, मेरो हिरा मेरो हजुर भन्यौ। ...२
आफ्नो मनमा ताल्चा लायौ, पराइ कुरा सुनेउ।
मनको कुरा नगर मनमाया,
मन मारेर मनबाट गयसी।
आफ्नो-आफ्नो अलगै बाटो भो। ...२
एउटै बाटो दोबाटो भएसी ...२

दिलको कुरा नगर दिलमाया,धेरै भयो सिशा झैँ फुटेको।
आगो पानी संग-संगै बस्दैनन। ...२
जाती भयो तिमीसंग छुटेको। ...२



दैब तेरो मायाको खेलाले,आज मेरो यो गति पार्दियो।---२
जसको निम्ति बाँचेको उसैले, आधी  बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।

मान्छे पनि कहासम्म निष्ठुरी, दयाको त ठाँउ सम्म देख्दैन।---२
आफ्नो सानो घाउ दुख्ने मान्छेले...२ अरुमर्दा सम्मनि रुँदैन। ...२
सबैलाई हसाउँने मायाले, जुनी भरी धरधरी रुवाइदियो।
जसको निम्ति बाँचेको उसैले, आधी  बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।

आफ्नो गल्ती कसैले देख्दैन, आफु झुटो कहिले नि हुँदैन।---२
सबै देख्छन् अरुलाई नजाती...२ आफ्नै मैलो कसैले देख्दैन। ...२
दुई मुटु जोडिदिने मायाले, मुटु किन तोडिदियो।

जसको निम्ति बाँचेको उसैले, आधी  बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।



फुल भन्छ फुली रहुँ, जुन भन्छ चम्कि रहुँ -२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
बचुन्जेलिलाई -४

नदि भन्छ बगी रहुँ, श्रीष्टि भन्छ चली रहुँ -२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
बचुन्जेलिलाई -४

[नपरोस् बचनले घोच्न बरु ओठ सिएरै बस्छु
बिजाउदीन आँखाहरुमा बरु आफै उडी दिन्छु ]-२

कसैको दुखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ
सपना त सपना हो बिपनामा रित्ति हाल्छ
बिपनीमा रित्ति हाल्छ
बचुन्जेलिलाई -२

[नपरोस् टुटेर जाने कसम र क्रिया खान
नपरोस् छिन् भरको लागी झिनो साहारा बन्न ]-२
सुन झैँ सुन्दर तारा कस्ले पो टिप्द छ र
मरे पछी को स्वोर्ग कस्ले पो देख्याछ र
कस्ले पो देख्याछ र
बचुन्जेलिलाई -२


पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।…२
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।
आँखाभरी सपना थ्यो, मन भरि आशा।
माया हाम्रो खै के भयो, छायो नि निराशा।
सिरमा उनकै टोपी चिनो, पाउमा पाउ पोश।
दिलमा उनकै फूल राखें, कस्लाई दिने दोष।

पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।

दौरा-सुरुवाल पटुकिमा, खुकुरी छ छड्के।
कुन दैव लाग्यो मलाई, लाग्यो नजर कर्के।
आँखा मेरो हेरी रहन्छ, नौ डाँडा पारी।
फर्कने त आशै छैन, गयो माया मारी।

पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।

छुटयो हजुर रोक्दै नरोकी,गयो माया देख्दै नदेखी।…२
You Might Also Like These Songs
Total Views