थाहा छैन, कसले यहाँ, के के जिते,के के हारे।…२
मैले भने, एक-एक गरि, जे जे थियो, सबै हारें हारें हारें।
थाहा छैन, कसले यहाँ, के के जिते, के के हारे।

ओठमा खेल्ने मुस्कान हारें, भए-भरका इच्छा हारें।...२
मिठा मिठा स्वप्न हारें...२, जीवनको लक्ष्य हारें हारें हारें हारें।
थाहा छैन, कसले यहाँ, कस्तो कस्तो बाजी मारे।…२
मैले भने, एक-एक गरि, जे जे थियो सबै, हारें हारें हारें।
थाहा छैन, कसले यहाँ, के के जिते, के के हारें।

चोखो एउटा मन हारें, सानो एउटा मुटु हारें।…२
हार्दा-हार्दा आखिरमा…२। जीवनकै बाजी हारें हारें हारें हारें।
थाहा छैन, कसले यहाँ, के गुमाए, के हात पारे।…२
मैले भने एक-एक गरि, जे जे थियो, सबै हारें हारें हारें।
थाहा छैन, कसले यहाँ, के के जिते, के के हारे।



कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२
शुरु त गर्‍यो गर्‍यो…४। किन बसालेन, बिछोड नहुने रीत....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।

माया हुन्छ मन जान्छ, किन कसैसित।…२
ज्यानै सुम्पि लिनेहरु पर्ने।…२
धोका दिनेकै, किन हुन्छ जित....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।

खुल्ला उड्थ्यो मनको चरी, पिजँडामा पर्‍यो।…२
ज्यानै खाने रहेछ, यो माया।…२
जिउनु न मर्नु, बनाएर छाड्यो....२।

कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२
शुरु त गर्‍यो गर्‍यो…४। किन बसालेन, बिछोड नहुने रीत....२।
कस्ले शुरुवात् गर्‍यो होला, यो माया भन्ने चिज।...२  



तिम्रै झल्को आउछ मेरो परदेशी।
तिम्रै न्यास्रो लाउछ मेरो परदेशी।
.....2
बगी रहने आँसुको त छैन कुनै सिमा। ...२
तिमि कहाँ परदेशमा, म छु गाउबेशिमा। ...२

तिम्रै झल्को आउछ मेरो परदेशी।
तिम्रै न्यास्रो लाउछ मेरो परदेशी।

सुन्छु म त अरबको कर्रो छ रे काम। ...२
उडी हिड्ने चरा खस्ने चर्को छ रे घाम।
क्यारी खटे हौला प्यारा, क्यारी खटे हौला। ...२
काम त गार्हो छैन भन्थेउ, मलाई ढाटे हौला। ...२

तिम्रै झल्को आउछ मेरो परदेशी।
तिम्रै न्यास्रो लाउछ मेरो परदेशी।

पहिरो गाको घर खेत खाको, थाहा पायेउ पाएनौ। ...२  हा हा
चिट्ठी लेखि पठाए द, उत्तर फ़र्काएनौ।
छिट्टै फर्की आउन प्यारा, छिट्टै फर्की आउ। ...२
मरे पनि केवल तिम्रै काखमा मर्न पाउ। ...२

तिम्रै झल्को आउछ मेरो परदेशी।
तिम्रै न्यास्रो लाउछ मेरो परदेशी।
...२
You Might Also Like These Songs
Total Views