E          C#m       G#m     A
सम्बोधन तिमीलाई गर्दैछु म।
E          C#m       G#m     A
सिकेका ती सबै, धुनहरुले। 
E          C#m       G#m     A
समर्पण गीत यो, गर्दैछु म।
E          C#m       G#m     A
तिम्रै ती मिठा, रागहरुले।

G#m     A        E
छाडी गयौ हामीलाई।
G#m     A        E
जिवनको यो मोडमा।
G#m     A        E
सम्झना भै बिलाई गयौ। 
        Bm       E
हावासँगै उडिगयौ।
       Bm  D     E
याद मात्र अब रह्यो। 

सम्झना, मुटुमा आईरहन्छ।
बिथोल्छ बियोगका पलहरुले। 
टाढियौ तिमी नभेट्ने गरी। 
अङ्गाल्छ तिम्रै, भावनाले। 
छाडी गयौ हामीलाई। 
जिवनको यो मोडमा। 
सम्झना भै बिलाई गयौ।
हावासँगै उडिगयौ।
याद मात्र अब रह्यो।

छाडी गयौ हामीलाई।
जिवनको यो मोडमा।
सम्झना भै बिलाई गयौ।
हावासँगै उडिगयौ।
याद मात्र अब रह्यो। 

सम्बोधन तिमीलाई गर्दैछु म।
गुन्जेका यी सबै धुनहरुले। 
समर्पण गीत यो गर्दैछु म।
स्विकार्छौ के तिमी हृदयले।…२

झस्किएछ मन मेरो, झझल्कोमा तिम्रो।…२
आशा किन पलाएछ, कल्पनामा तिम्रो।
झस्किएछ मन मेरो, झझल्कोमा तिम्रो।

बालीदिन्छु दिप यहाँ, तिम्रो सम्झनामा।…२
आँधी आई निभाई दिन्छ, रातको सुन्यतामा।…२
झस्किएछ मन मेरो, झझल्कोमा तिम्रो।

काँच जस्तै चर्किजाने, भाग्य मेरो रहेछ।…२
बगिजाने खोला जस्तै, चाहना यो लाग्छ।…२

झस्किएछ मन मेरो, झझल्कोमा तिम्रो।
आशा किन पलाएछ, कल्पनामा तिम्रो।
झस्किएछ मन मेरो, झझल्कोमा तिम्रो…३।



सम्झनामा डुबिएर, तिम्रा यादहरु, तिम्रा मायाहरू।
सम्झी रोइरहें,सम्झी रोइरहें।

मायाको धेरै रुप हुन्छ भनि, थिएन थाहा मलाई।
भुल्न सक्छौ र, ति दिनहरु, खाएका कसमहरु...२।
सम्झनामा।

जीवनको बाटोमा, एक्लो यात्री बनि, हिड्न सक्छु र भन तिमी।
दिनभर हाँसेर, रातभर रोएर, बाच्न सक्छु र भन तिमी।
केहि त भन तिमी।

सम्झनामा डुबिएर, तिम्रा यादहरु, तिम्रा मायाहरू।
सम्झी रोइरहें,सम्झनामा बच्न गार्हो।…४
You Might Also Like These Songs
Total Views