Am   C              Dm     F          G       C 
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।…२
C       G                F              Dm     F      C
छाती चिरी देखाउँ कि...२, मुटु भित्रै, लुकाउँ।
Am   C              Dm     F          G       C
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।

C         Am           C         F           G       C 
दुखाईको सीमा छैन, जहाँ मिचे नि, सन्चो हुँदैन।…२
C            Em             Am   Dm
केहि पल तिमी, नजिक भए देखी।
     F         G               C
अलिकति बिषेक, हुन्थ्यो की।…२
Am  C               Dm     F         G      C 
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।

C     Am               C            F        G          C
हरेक अंग मेरो डढिरहन्छ,नशा नशामा रगत,निख्रिसक्यो।
C         Em        Am     Dm
साह्रै टाढा भयौ, तिमी म देखि।
F            G       C
भेट हाम्रो, नहुने होकि।…२

Am   C              Dm     F          G       C
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।…२
C         G                F      Dm     F      C
छाती चिरी देखाउँ कि...२, मुटु भित्रै, लुकाउँ।
Am   C              Dm     F          G       C
कहाँ कहाँ दुख्छ प्रिय, तिमीलाई, के बताउँ।
F            G      C
तिमीलाई, के बताउँ।…३ 

C              Am  C              Am
उकाली चढौला, ओराली झरौला।
C                      Am       C               Am
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला।
Dm            F         G             C
तिम्रै लागि हो भने, ज्यानै दिदिउला। …२

C                   C                     Am
भनौ भने जिन्दगीमा, धेरै रूप देखे।…२
F                          G                 G
तर मुटु भित्रै बस्ने, तिमी मात्रै भेटे ....हो ।
C               Am      C                Am
जे भन्छौ मानौला, बाचा नि गरौंला।
C                Am     C                 Am
तामा-तुल्सी छोएर, कसम नि खाऔला।
Dm            F          G                C
तिम्रै लागि हो भने, ज्यानै दिदिउला।…२

कहिले झरे तलतल, कहिले पुगे माथि।…२
तिमी मात्रै भेटे मैले, जिन्दगीको साथी हो।
हिउ नि टेकौला, आगो नि छोउला।
तपस्या नै गर्नुपरे, त्यो पनी गरौला।
तिम्रै लागि हो भने, ज्यानै दिदिउला।…२

उकाली चढौला, ओराली झरौला।
सात भन्ज्यांग भनेपनि, त्यो पनी तरौला।

तिम्रै लागि हो भने, ज्यानै दिदिउला।…२

कोहि बोलीमा रस हुन्छ, कोहि बोलीमा रिस।…२
यहि बोलीले गर्दा पिउँछन, मानिसले बिष (राजै)…२।
अमृतको धारा हुन्छ, कोहि बोलीमा धार। …२
यहि बोलीले गर्दा छाती, हुन्छ वारपार (राजै)…२।
कोहि बोलीमा रस हुन्छ…हो।

दुख पर्दा हात दिन्छ, कोहि बोलीले घात।…२
यहि बोलीले गर्दा छुट्छन, मिठो मिठो साथ (राजै)…२।
कोहि बोलीमा रस हुन्छ, कोहि बोलीमा रिस।
यहि बोलीले गर्दा पिउँछन, मानिसले बिष (राजै)…२।
कोहि बोलीमा रस हुन्छ…हो।

जुनतारा खसाईदिन्छ, कोहि बोलीले फसाईदिन्छ।…२
यहि बोलीले  गर्दा आँखा, जीवनभर रसाउँछ।
कोहि बोलीमा रस हुन्छ…हो।
कोहि बोलीमा रस हुन्छ, कोहि बोलीमा रिस।…२
यहि बोलीले गर्दा पिउँछन, मानिसले बिष (राजै)…२।
अमृतको धारा हुन्छ, कोहि बोलीमा धार। …२
यहि बोलीले गर्दा छाती, हुन्छ वारपार (राजै)…२।
कोहि बोलीमा रस हुन्छ…हो।

अमृतको धारा हुन्छ…हो।
कोहि बोलीमा रस हुन्छ…हो।




तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।…२
पलभर ओझल भयौ भने…२, जिन्दगी त्यसै नै गल्ने गर्छ।
तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।…२
एकपल टाढा भयौ भने…२, मनमा कुरा अनेकौ खेल्ने गर्छ।
तिमी,तिमी, तिमी।…२

माया भएर फैलिदिनु, मनको हरेक कुनाहरूमा।…२
शित बनेर झरिदिनु, मनको हरियो मुनाहरुमा।
तिमी,तिमी, तिमी।

विश्वासको पुल बाँधीदिनु, मनको सुन्दर झिल हरुमा।…२
मलम बनेर शितल दिनु, हरेक पीडाको खिल हरुमा।

तिमी छौ र त प्रिय, यो मुटु आरामले चल्ने गर्छ।
एकपल टाढा भयौ भने…२, मनमा कुरा अनेकौ खेल्ने गर्छ।

तिमी,तिमी, तिमी।…२



भनिदेउ आज, के छ मनमा, पोखिदेउ आज, के छ मनमा।...२
माया, माया, तिम्रै माया।...२
भनिदेउ आज, के छ मनमा, पोखिदेउ आज, के छ मनमा।
माया, माया, तिम्रै माया।...२

यो फुल पात, नभए साथ, यो जूनतारा, नभए रात।
मेरो आँखामा बस्नेछौ, मेरो मनमा बस्नेछौ।
आज लेऊ कसम, जे छ मनमा, भुलिदेऊ अरु, जे छ मनमा।
माया, माया, तिम्रै माया।...२
भनिदेउ आज, के छ मनमा, पोखिदेउ आज, के छ मनमा।
माया, माया, तिम्रै माया।...२

सुवाश हाम्रो मायाको, दिन र फैलिन्छ।
गीत र संगीत प्रीतको।...२
आज लेऊ कसम, जे छ मनमा, भुलिदेऊ अरु, जे छ मनमा।
माया, माया, तिम्रै माया।...२
भनिदेउ आज, के छ मनमा, पोखिदेउ आज, के छ मनमा।
माया, माया, तिम्रै माया।...२

तिम्रो मेरो भाग्यको, एउटै कथा, एउटै व्यथा।
साथै जिउन लेखेको छ, साथै मर्न लेखेको छ।
आज लेऊ कसम, जे छ मनमा, भुलिदेऊ अरु, जे छ मनमा।
माया, माया, तिम्रै माया।...२
भनिदेउ आज, के छ मनमा, बोलिदेउ अरु, जे छ मनमा।
माया, माया, तिम्रै माया।...६



[ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
रोएर होईन जीवनमा, हासेर बस्नु पर्छ है। 
माया त मिठो हुन्छ नि, दुई मुटुको मेलामा। 
झेल गर्नु चाही हुन्न है , पिरतीको खेलमा।]...२  
हो…. ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।

लाग्छ मलाई तिम्रो मुहार, नबिसाई हेरिरहुँ। 
जुनीजुनी नछुट्टीई, संगसंगै बाँचीरहुँ। 
अजम्बरी फूलहरुमा, तिमीलाई पाईरहुँ।...२ 
हासीहासी पिरतीको, फूलमाला लाईरहुँ।
ढल्केर जाला, हो जाला, हो जाला।
ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।  

भरहुन्न जिन्दगीको, रहरहरु पुरा गरौं। 
दुवै मिली संसारभरी, सिर्जनाको रंग छरौं।
भोलिहरु बिर्सिएर, जे जे गरौ आजै गरौँ।...२   
हतारोमा हुन्न जीवन, होश राखेर अघि बढौं।
ढल्केर जाला, हो जाला, हो जाला।

ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
रोएर होईन जीवनमा, हासेर बस्नु पर्छ है। 
माया त मिठो हुन्छ नि, दुई मुटुको मेलामा। 
झेल गर्नु चाही हुन्न है , पिरतीको खेलमा। 
ढल्केर जाला, हो जाला, हो जाला।...२
  



[तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी।
तिमीबाट शुरु हुन्छ, मेरो खुशी उन्नति… हो।]...२ 

तिमीलाई भेटपछि, मेरो जिन्दगीमा। 
देउता संग माग्ने पनि, कुरै सिद्धियो। 
सबै दुख, सबै पिर, भुल्छु तिम्रो साथमा। 
बसन्त झैँ रमाउदै, हुन्छु तिम्रो काखमा…हो।

तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी।
तिमीबाट शुरु हुन्छ, मेरो खुशी उन्नति… हो।

आफुलाई पन्छ्याएर, आफै बाट टाढा।
तिम्रै मात्र कुरा सुन्न, मिठो लाग्ने भो। 
तिम्रै बासना चल्छ सधै, मैले फेर्ने सासमा। 
आँखा खोल्छु जहिले पनि, तिमीलाई देख्ने आसमा…हो।

[तिमी बाटो, तिमी यात्रा, तिमी मेरो जिन्दगी।
तिमीबाट शुरु हुन्छ, मेरो खुशी उन्नति… हो।]...२  
मेरो खुशी उन्नति…हो।…४  



[कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।]...२

मेरो एक्लो बाटोले, तिम्रो पाईला खोज्दै थियो।...२
मेरो बिउझने रातले, तिम्रो सपना सोच्दै थियो।...२
कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।
कहाँ पोखिन्छ आँसु।

मेरो बेटुंगो यात्राले, तिम्रो साथ माग्दै थियो।...२
मेरो सुनसान घरले, तिम्रो बास सोदधै थियो।...२
कहाँ पोखिन्छ आँसु, जबसम्म दुख्दैन घाऊ।
कहाँ चस्किन्छ मन, जबसम्म जल्दैन छाती।
कहाँ पोखिन्छ आँसु।…४



स्वर्गकी परी धर्तीमा झरी म सम्म आईदेऊ
प्रेमको गीत...
प्रेमको गीत जीवनमा मेरो (तिमीले गाइदेऊ )२
स्वर्गकी परी...

(बादल झैं कोमल माया सागरझैं गहिरो माया यो )२
(सूर्य सरी अटल जूनजस्तै शितल )२
(माया तिमीले दियौ )२
स्वर्गकी परी...

(मायाको कुनै सीमा हुन्न प्रेमको न कुनै परिधी हुन्छ )२
(बासन्ति फूल झै सुन्दर प्रेम हुन्न्छ )२
(तिमीले सम्झाई दियौ )२

स्वर्गकी परी...
स्वर्गकी परी धर्तीमा झरी म सम्म आईदेऊ
प्रेमको गीत...
प्रेमको गीत जीवनमा मेरो (तिमीले गाइदेऊ )४


मनको बाँधलाई, बाँधन सिक पगली।...२
नत्र भिज्ने छ, तिम्रो परेली।
मनको बाँधलाई, बाँधीराख्नु कसरि।
जब वेदनाले नाग्द छ चुली।
मनको बाँधलाई, बाँधन सिक पगली।

[नरुनु तिमी, म टाढा हुँदा।
कसले पाएको छ, संगै जिउन सधै।]...२
अजम्बरी जन्मेको छैन कोहि।
मनको बाँधलाई, बाँधन सिक पगली।...२

[तिमी नै मेरो, आड भरोशा।
मलाई त्यतै लैजाऊ, तिमी जान्छौ जता।]...२
नत्र हुने छु म, उडेको खरानी।

मनको बाँधलाई, बाँधन सिक पगली।
नत्र भिज्ने छ, तिम्रो परेली।
मनको बाँधलाई, बाँधीराख्नु कसरि।
जब वेदनाले नाग्द छ चुली।

[मनको बाँधलाई, बाँधन सिक पगली।
मनको बाँधलाई, बाँधीराख्नु कसरि।]...२ 



माया त टाढा कै राम्रो, कमसेकम चोखो त हुन्छ।...२
आत्माको बोली नबोल्ने माया, नजिकमै पनि खोक्रो नै हुन्छ।
माया त टाढा कै राम्रो हो।

[दिल मिल्छ र नै, माया मिल्छ। मन मिल्छ र नै माया हुन्छ।]...२
माया आत्माको मिलनमा पो हुन्छ।
जीउ मिल्दा मात्र, माया कहाँ हुन्छ।
माया त टाढा कै राम्रो हो।

[शरीर जस्तो होइन माया, मन जताततै कहाँ मिल्छ।]...२
देहको मिलन होइन यो माया।
आत्माको भाकापो, चोखो माया हुन्छ।

माया त टाढा कै राम्रो, कमसेकम चोखो त हुन्छ।...२
आत्माको बोली नबोल्ने माया, नजिकमै पनि, खोक्रो नै हुन्छ।
माया त टाढा कै राम्रो हो। 



(आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा )...२

(भीर खस्थे सिरानीमा, गुहार भन्न सकिन्नथ्यो।
मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो।)....२
धेरै टाढा हिडेपछि ...२, तिमीसंग भेट भयो।
सानो मोडैमा।

आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा

(एकान्तले सुसेल्दथ्यो, उदासीले गीत गाउथ्यो।
आँखाहरु रसाएर, वेदनाको भेल बग्थ्यो।)..2
यस्तै भेलमा बग्दा-बग्दै...२,तिमीसंग भेट भयो।
सानो मोडैमा।

(आधीबाटो हिडेपछि तिमीसंग भेट भयो।
जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो।
सानो मोडैमा। )...२ 
You Might Also Like These Songs
Total Views