ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२
ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२

[बाईस बर्ष लागिसक्या फ़िलै नहुनी।
मैयाहरु कति भेटें, दिलै नहुनी।]…२
ट्यालेन्ट स्यालेंट केहि नचाईनी, सपना सलमान खानको।
केटाहरुलाई झुलाएर, ड्रिम सम वानको।
म पनि भिनाजुको, सिंगल सालो।
गोरो गोरो कति खोज्छौ, हेर्दा हेन्डसम कालो।

ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२
ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२

[केटी नपट्टीए सम्म, अनेक गफ गर्ने।
मिसन पुरा भएपछि, मोवाईल अफ गर्ने।]…२
घरमा राम राम तिमी, बाहिर कृष्ण जस्तो।
फकाउनलाई जे नि भन्छौ, कुरा कति सस्तो।
ड्याड ममको म पनि, सिंगल छोरी।
पाउनलाई गार्है पर्ला, यति राम्रो गोरी।

ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२
ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…४
You Might Also Like These Songs
Total Views