[केहि कदम तिमी संगै, हिड्ने मन छ।
नजिकबाट तिमीलाई, चिन्ने मन छ।]…२

[केहि दुखहरु, तिम्रो सुनु।
केहि खुशीहरु, मेरो बांडू।]…२
तिम्रा सारा आँसुहरु, लिने मन छ।
नजिकबाट तिमीलाई, चिन्ने मन छ।
केहि कदम तिमी संगै, हिड्ने मन छ।
नजिकबाट तिमीलाई, चिन्ने मन छ।

[केहि सपनाहरु, तिमी संग देंखे।
केहि बिपनाहरु, तिमी मै भेंटे।]…२
[बाचुन्जेल तिमीलाई नै, हेर्ने मन छ।
अन्तिम सास तिम्रै काखमा, फेर्ने मन छ।]…२

You Might Also Like These Songs
Total Views