[रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।]…२

[हिमाल झै अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिले, जङ्गी निशान हाम्रो।]…२
यो जन्मदै जगतमा, कयौ प्रहार आए।
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।

[जबसम्म चन्द्र - सुर्य, आकाशमा रहन्छन।
तब सम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो।]…२
गाई सरी छन साधु ,जो जो यहाँ जगतमा।
सबको शरण बलियो,  जङ्गी निशान हाम्रो।

रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो।
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो।
रातो र चन्द्र सुर्य।



आफ्ना-आफ्ना घाउ हुन्थे, आफ्नै-आफ्नै व्यथा।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

एउटै आँसु रुनुपर्या छ, एउटै हाँसो हास्नुपर्या छ।
उकालीमा संगै-संगै, ओरालीमा संगै-संगै।
सार्हो-गार्हो बाडिचुडि बाच्नु पर्या छ।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

आफ्ना-आफ्ना घाउ हुन्थे, आफ्नै-आफ्नै व्यथा।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

माटोदुख्ने ब्यथा लाग्या छ, ढुंगादुख्ने ब्यथा लाग्या छ।
एउटा मुटु मात्र हैन दुइटा मुटु पनि हैन।
सबै मुटु एउटै हुने रहर जग्या छ ।
आज यस्तो घाउ लाग्यो, सबलाई एउटै व्यथा।

आफ्ना-आफ्ना घाउ हुन्थे, आफ्नै-आफ्नै व्यथा।
आज यस्तो घाउ लाग्यो, [सबलाई एउटै व्यथा।...३]
You Might Also Like These Songs
Total Views