मायालु लाई, माया गर्दा, धेरै धेरै बात लाग्यो।
छोडी गई निष्ठुरीले, दिउसै रात लाग्यो।
मायालु लाई, माया गर्दा।

धोका पाँए उनीसित, यस्तै रहेछ रीत।…२
मायाको खेलमा, हुन्न रहेछ जीत।
मायालु लाई, माया गर्दा।

माया गर्ने धेरै थिए, विश्वास कसैको पाईन।…२
कसैलाई मैले, मुटुमा राख्न चाहिन।
मायालु लाई, माया गर्दा, धेरै धेरै बात लाग्यो।
छोडीगई निष्ठुरीले, दिउसै रात लाग्यो।

मायालु लाई, माया गर्दा,धेरै धेरै बात लाग्यो।  


ए लाग्यो लाग्यो नशा, तिम्रो रुपले...२।
म मर्छु कि प्रिय, तिम्रो, मुस्कानले।...२
ए लाग्यो लाग्यो पिर, तिम्रो हेराईले...२।
म मर्छु कि प्रिय, तिम्रो, बोलिले।...२

लुकीलुकी हेर्छौ मलाई, फेरी नहेरे झैँ गर्छौ।
आइदेउन मेरो साथ, बहाना धेरै गर्छौ।
म मर्छु कि प्रिय, तिम्रो, अदाले।...२

सपनीमा आई मलाई, किन जिस्काउछौ हरपल।
तिम्रो हातले मेरो हात, किन छुन खोज्छ हरपल।
म मर्छु कि प्रिय, तिम्रो, स्पर्शले।...२
You Might Also Like These Songs
Total Views