निष्ठुरीले छाडेर गइहाली।
हेर्दा-हेर्दै अर्कै कि भै हाली।
एक्लो पारेर, हो ... माया मारेर। ...२
निर्मोहिले हरिताल ख्वाईहाली।
जिन्दगीमा, धरधरी रूवैहाली।
एक्लो पारेर, हो माया मारेर। ...२

छातीभित्र आगो बल्यो, पसिना त खल्खली। ...२
अझै पनि ...२ देख्छु म त त्यहि मोरीलाई झल्झली।
जाली रै छे, सारै नै तिर्ताली,
मलाई फाली अर्कैलाई अंगाली।
एक्लो पारेर, हो माया मारेर। ...२

आफ्नै बुद्धि बिग्रिएर, मैले धोका खायाँ। ...२
बैमानी को ...२ चालमा पर्दा, अहिले दुख पायाँ।
कालिपारी झिल्केलाई फसाई।
गति फाली, दुनिया हसाई।
एक्लो पारेर, हो ... माया मारेर। ...२

निष्ठुरीले छाडेर गइहाली।
हेर्दा-हेर्दै अर्कै कि भै हाली।
एक्लो पारेर, हो ... माया मारेर। ...२
निर्मोहिले हरिताल ख्वाईहाली।
जिन्दगीमा, धरधरी रूवैहाली।
एक्लो पारेर, हो माया मारेर। ...२
You Might Also Like These Songs
Total Views