बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।…२
पापी उनको मनले किन,उल्टो सोच्दोरैछ।…२
बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।

[ढुकढुकी नै तोडी तिमीलाई, बास दिएँ मैले।
घट्छ हाम्रो माया भनि, साहस दिएँ मैले।]…२
कुन्नी किन मुटु चिर्ने, छुरा हान्यौ तिमीले।…२
छाती भित्र गुम्सिएका, कुरा तान्यौ तिमीले।…२
बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।

[मेरो मनको बगैचामा, फ़ुलाएकै थिएँ।
हाम्रो माया चंगा सरि, उडाएकै थिएँ।]…२
टुट्यो माया फुट्यो आज, मनै जलाइदियौ।…२
फूल फुल्ने संसारमा, आगो लगाइदियौ।…२

बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।…२
पापी उनको मनले किन,उल्टो सोच्दोरैछ।…२
बचनले नि काँडा सरि, मुटु घोच्दोरैछ।…२



आफ्नो मन, आफैसंग, ढाँटन  नमिल्ने। ...२
दुखेपनि अरुसंग, साट्न नमिल्ने।
आफ्नो मन, आफैसंग, ढाँटन  नमिल्ने।

खडेरी त चैतमा भन्थे, साउन पनि उही आयो। ...२
जति खुशी थिए मेरा, डढेलोले खायो।
आफ्नो छाया, आफैसंग, भाग्न नमिल्ने।
दुखेको मन, अरुसंग, साट्न नमिल्ने।
आफ्नो मन, आफैसंग, ढाँटन  नमिल्ने।

बाच्नुपर्यो  राप बोकी, शितल कहीं पाइन। ...२
भौतारिन्छु एक्लै-एक्लै, आफ्नो कोहि छैन।
आकार फेरी मनलाई कतै, ढाल्न नमिल्ने।
मन फाटे सरि आफै, फाटन नमिल्ने।

आफ्नो मन, आफैसंग, ढाँटन  नमिल्ने।
दुखेपनि अरुसंग साट्न नमिल्ने।
आफ्नो मन, आफैसंग, ढाँटन  नमिल्ने ....३।
You Might Also Like These Songs
Total Views