[यसै बर्ष घरको धुरि ..२ , छाउनै पर्ने थियो.. २]...२
कुन पापीले खरबारीमा, आगो लगाइदियो।…४

मेरै मान्छे मै संग, बोल्न छोडी दियो। ...२
अनायाशै दोबाटोमा, बाटो मोडिदियो।
घरै छेउको मुलको पानी..२, यसै वर्ष सुक्यो.. २।
जीवन दिन्छु भन्थेउ प्रिय, के मा चित्त दुख्यो।…४

खोरियामा लाको बाली, असिनाले कुट्यो।...२
सुख हुँदा लाको माया, दुख पर्दा छुट्यो।
भने हुन्थ्यो बरु मलाइ..२, कस्तो गल्ती भयो...२।
माफी माग्ने मौकासम्म नदिएर गयो।…४

[यसै बर्ष घरको धुरि ..२ , छाउनै पर्ने थियो.. २]...२
कुन पापीले खरबारीमा, आगो लगाइदियो।…४

गोरी भन्दा मलाई त, काली मनपर्यो।
गोरी भन्दा मलाई त…२, काली मनपर्यो।
अलि सोझी, अलिअलि…२, जाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।
गोरी भन्दा मलाई त।

प्रसंशा नै किन खोज्नु, त्यति राम्री मान्छे संग।…३
रिसाएरै गरेको त्यो…२, गाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।…२
गोरी भन्दा मलाई त।

सबै जना फूल रोज्छन, काँडा रोज्दैनन।…३
मलाई भने फूल गोड्ने…२, माली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।…२
गोरी भन्दा मलाई त।

कति सुहाएको हेर,कति सुहाएको।
कति सुहाएको हेर, ओंठ टोकी मस्किएको।…२
त्यसै सुन्दर ओँठको झनै…२, लाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।…२  
गोरी भन्दा मलाई त।

सिन्दुर हाली अब उनलाई, आफ्नो बनाउनु छ मैले।…३
त्यसैले त उनको सिउँदो…२, खाली मनपर्यो।
अलि सोझी, अलिअलि, जाली मनपर्यो।
अलि सोझी, अलिअलिअलि…२, जाली मनपर्यो।
गोरी भन्दा मलाई त।   

जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।…२
तोते बोली यहीँ सिक्दा, कति दङ्ग परेउँ।
हास्ने खेल्ने मौका पायौं, यहि आकाशमा।
यिनै माथी गर्व गरौ, यिनै हाम्री आमा…२।
जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।

[हिमालको छातीभित्र, बहुमुल्य खानी।
पहाडका नदीनाला, हाम्रो जिन्दगानी।]…२
तराईको हरियाली, यो सुन्दर ठाउँ।
हृदयमै बास बस्छन, छोडी कता जाउँ…२।
जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।

[विदेशलाई स्वर्ग ठान्ने, भावनालाई त्यागी।
स्वदेशको सेवा गर्ने, संकल्पमा लागी।…२
अशान्तीको विकल्पमा, निर्माण लाई रोजौ।
नेपालीको सुन्दर मुहार, नेपालमै खोजौ…२।
जन्म दियो यहि माटोले, यहीँ बामे सरेउँ।
     

विरानो नि आफ्नै हुन्छ…२, मन परे पछि…४।
आफ्नो पनि पराई हुन्छ, मन मारे पछि…५।

नजर राम्रो, जतासुकै राम्रै देखिन्छ।…२
आफु राम्रो, सबै ठाउँमा, आफ्नै भेटिन्छ।…२
नदीनाला बगर हुन्छन…२, मुहान सुके पछि…४।
दिलको सागर उजाडीन्छ, दिलै दुखेपछि…५। 

यो दुनिया एकै हुन्थ्यो, मन सुद्ध भए।…२
सधैभरि शान्ती हुन्थ्यो, मनमा बुद्ध भए।…२
दिनपनि अध्यारै हुन्छ…२, घाम लुकेपछि…४।
सारा जीवन एक्लो हुन्छ, साथ छुटेपछि …५।  

दिप बनोस यो, हाम्रो जीवन।…२
यात्री बाटो देखाउनलाई।
दिप बनोस यो, हाम्रो जीवन।
यात्री बाटो देखाउनलाई।
तन मन बचन, शुद्द बनोस।…२
सबको मुहार, हसाउनलाई।
दिप बनोस यो, हाम्रो जीवन।

[छाना बनोस, नाना बनोस।
भोकाहरुलाई, खाना बनोस।]…२
हाम्रो जीवन, दिल टुटेका।…२
प्रेमी हरुको, गाना बनोस।
दिप बनोस यो, हाम्रो जीवन।

[दान दिने, दानी बनोस।
प्यासी हरुलाई, पानी बनोस।]…२
अमृत रुपी वृक्ष बन्दै।…२
सुगन्धको खानी बनोस।
दिप बनोस यो, हाम्रो जीवन।
यात्री बाटो देखाउनलाई।
तन मन बचन, शुद्द बनोस।…२
सबको मुहार, हसाउनलाई।
दिप बनोस यो, हाम्रो जीवन।



साँझ पर्यो, अलिअलि बतास चल्यो।…२
मनभरि तिम्रै, माया बढ्यो।
माया बढ्यो है, आ हा हा हा हा,माया बढ्यो।
माया बढ्यो, माया बढ्यो है, माया बढ्यो।

अँध्यारो चिर्दै, आकाश भरि, तारा चम्किदा।…२
संसारै उज्यालो लाग्यो…२, तिमीलाई सम्झिदा…२।

शितल शितल छहारीमा, तिमी र म हुँदा।…२
खुशीले रम्यो यो मन…२, तिमीलाई पाउँदा…२।

साँझ पर्यो, अलिअलि बतास चल्यो।
मनभरि तिम्रै, माया बढ्यो।
माया बढ्यो है, आ हा हा हा हा,माया बढ्यो।
माया बढ्यो, माया बढ्यो है, माया बढ्यो।
माया बढ्यो,माया बढ्यो।



पागलै भन, जेसुकै भन।...२
जिन्दगी अब यस्तै होस।...४
सर्वश्व हरें, यो ज्यानै छाडें।
यस्तो धोका, कसैलाई नपरोस...२।
पागलै भन।

[जे मन लाग्छ, त्यहि भन।
मायामा जालझेल भाकै हो। ]...२
फकाउ पिट, बाधँ या थुन।
मायाले जाल गरेकै हो।
जिन्दगी अब, यस्तै होस...२।
यस्तो पिडा, कसैलाई नपरोस...२।
पागलै भन।

[जसरि बुझ्छौ, त्यहि बुझ।
मायामा खेलबाड भाकै हो।]...२
संझाऊ बुझाउ, काट या मार।
मायाले घात गरेकै हो।
जिन्दगी अब, यस्तै होस...२।
यस्तो चोट, कसैलाई नपरोस...२।

पागलै भन, जेसुकै भन।...२
जिन्दगी अब यस्तै होस।...४
सर्वश्व हरें, यो ज्यानै छाडें।
यस्तो धोका, कसैलाई नपरोस...२।
पागलै भन।



[हर मा हर हार्मोनी बाजा, दाम पर्यो हजार।...२
किनिदिउंला फुलबुट्टे सारी, जाऊ हिड बजार।]...२

[गुराँस फुल्यो पाखैमा, झम्के फुली नाकैमा।...२
माया बस्यो ए कान्छी ल है, गाजलु ती आँखैमा।]...२

केशराशी नचाउदै मुसुमुसु हाँसेकी।
हिमालको आगनीमा डाँफे सरि नाचेकी।
फरिया र चौबन्दीमा वनपाखा डुलेकि।
जाइ-जुइ चमेलीमा पनि देख्छु फुलेकी।

हर मा हर हार्मोनी बाजा, दाम पर्यो हजार।
किनिदिउंला फुलबुट्टे सारी, जाऊ हिड बजार।

उकालीमा थकाई मार्ने, वरपिपलको छायाँ।
जता जाऊ किन लाग्छ मलाइ तिम्रै माया।
पर्खिबस्नु चौतारीमा, फेरी भेट्न आउँला।
यार्सागुम्बा टिप्न जाउँला, मिठो माया लाउँला।

[गुराँस फुल्यो पाखैमा, झम्के फुली नाकैमा।
माया बस्यो ए कान्छी ल है, गाजलु ती आँखैमा।]...२
हर मा हर हार्मोनी बाजा, दाम पर्यो हजार।
किनिदिउंला फुलबुट्टे सारी, जाऊ हिड बजार।...३


मेरो देश डुब्नै लाग्यो ......
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।
सपुत छौ कि कोहि, माझी बचाइदेउ।...२
केहि ढुकढुकी छ बाँकी,[ मर्न तेसै नदेउ।]...२

आएन कोहि यो देश लै आँखा भरि लुकाउने ....हो।
जति आए, उस्तै आए, आफ्नै दुनो सोझ्याउने।...२
अरु भोकै प्यासै मर्दा, आफु अझै रमाउने।
नेपाली को पीडाले [आँसु कति नझार्ने।]...२
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।

एउटा थियो खुकुरी, नेपालको शान राख्ने।
के थाहा,बर्सिएर छुटाउञ्छ शिर आफ्नै।...२
उज्यालो कतै छैन, आशा छैन कहिं।
अशान्ति नै देख्छु, [रोदन जहि तही।] ...२
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।

कुर्दै छन् यस्तो मान्छे, जसले यो देश जोगाउला।
बिध्वन्ष क्रान्ति साटो, शान्ति को बिउ रोपला।
जसले हिमाल तराई पहाड, सबै एउटै देखला।
नेपाल शिरमा राखी शान्तिको गीत गाउला।

मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।
You Might Also Like These Songs
Total Views