अँध्यारोमा छाउछौ तिमी, उज्यालोमा बिलाउछौ तिमी।
मेरो कोशिष असफल, तिमीलाई सधै संझन्छु।…२
सपनीमा आउँछौ तिमी, विपनीमा भाग्छौ तिमी।
मेरो भाग्य यस्तै छ, तिमीलाई सधै पर्खन्छु।…२

[बाँचने रहर नि पुग्यो, अब सम्झुं म कति।
पाउँन सकिन तिमीलाई, मेरो कोशिष मै कमी।]…२
मेरो कर्मै खोटो छ, तिमीलाई पाउँ कसरि।…२

[देखेको पाईदैन भन्थ्यो, सायद यस्तै नै हो कि।
चाहना जनम जनमको, जस्तो लाग्छ के गरूँ कुन्नी।]…२
मेरो माया चोखो छ, चाहीरहन्छु सँधैभरि।…२

अँध्यारोमा छाउछौ तिमी, उज्यालोमा बिलाउछौ तिमी।
मेरो कोशिष असफल, तिमीलाई सधै संझन्छु।…२
You Might Also Like These Songs
Total Views