धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।…२
नेप्टे भन्छन मलाई सबले, तिमी परेउ बाउनी। 
किन किन यो गोडाले, तिम्रै गल्ली धाउनी। 
ज्यानले तिम्लाई, मन पराउनी।…२

धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।
नेप्टे भन्छन मलाई सबले, तिमी परेउ बाउनी। 
किन किन यो आँखाले, सपना सजाउनी। 
ज्यानले तिम्लाई, मन पराउनी।…२

मोटर साइकलमा राखी, शहर डुलाउनी।…२
मोबाइलमा नयाँ नयाँ, गीत म सुनाउनी। 
तिमी नजिक सर्दा झन, मन यो रमाउनी। 
ज्यानले तिम्लाई, मन पराउनी।…२

सुन, एउटा कुरा सुन, हामी संगै हुन, यस्तो भा को हो।
हेर, अब थोरै बेर, जाने छैन खेर, सबै राम्रो हुनलागी हो। 

मकै खाँदै, ठुलो हलमा फिलिम देखाउनी।…२
अनि मुख चुच्चो पारी, फोटो खिचाउनी। 
हाम्रो जोडी हेर्दा भन्छन, लास्टै सुहाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।…२ 

धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।
नेप्टे भन्छन सबले मलाई, तिमी परेउ बाउनी। 
टाढा धेरै भैयो अब, फर्की घर आउनी । 
ज्यानले तिम्लाई, मन पराउनी।…२

धादिंग मेरो घर हो माया, तिम्रो पर्यो छाउनी।
ज्यानले तिम्लाई, मन पराउनी।
नेप्टे भन्छन सबले मलाई, तिमी परेउ बाउनी। 
ज्यानले तिम्लाई, मन पराउनी।
 
किन किन यो गोडाले, तिम्रै गल्ली धाउनी। 
ज्यानले तिम्लाई, मन पराउनी।


फूलले ढाँकु तिम्लाई, नजरैमा राखुँ।…२
जुन जस्तै राम्री माया, तिम्रै लागि बाँचु।
आफ्नो बनाउन, भन गरुँ म के।
पागल नै बनायो मलाई।
तिम्रो कम्मर को ट्याटुले।…३

तर्साउँछु जुनी भर, मार बरु मरी दिन्छु।…२
डराउँदिन कसै सँग, जाउँ भन हिडीदिन्छु।
आखिर लाने म नै हो, पठाईदेउ न रितैले।…२
आफ्नो बनाउन, भन गरुँ म के।
चसक्क बिज्यो मलाई।
तिम्रो कम्मर को ट्याटुले।…३
 
उसै बरी झन सुन्दरी, आधा रुझेपछी।
मन सम्हाल्न गार्हो भो लौ, नजर जुधेपछि।
छोए दाग लाग्ला कि त, ये मिर्गनयनि।…२
आफ्नो बनाउन, भन गरुँ म के।
पागल नै बनायो मलाई।
तिम्रो कम्मर को ट्याटु ले।…५    

ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२
ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२

[बाईस बर्ष लागिसक्या फ़िलै नहुनी।
मैयाहरु कति भेटें, दिलै नहुनी।]…२
ट्यालेन्ट स्यालेंट केहि नचाईनी, सपना सलमान खानको।
केटाहरुलाई झुलाएर, ड्रिम सम वानको।
म पनि भिनाजुको, सिंगल सालो।
गोरो गोरो कति खोज्छौ, हेर्दा हेन्डसम कालो।

ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२
ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२

[केटी नपट्टीए सम्म, अनेक गफ गर्ने।
मिसन पुरा भएपछि, मोवाईल अफ गर्ने।]…२
घरमा राम राम तिमी, बाहिर कृष्ण जस्तो।
फकाउनलाई जे नि भन्छौ, कुरा कति सस्तो।
ड्याड ममको म पनि, सिंगल छोरी।
पाउनलाई गार्है पर्ला, यति राम्रो गोरी।

ए सानु समाउँ न नाडीमा, घुम्न जाउँ डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…२
ए दाजु नसमाउँ नाडीमा, जान्न म त डिजेलको गाडीमा।
हिलो लाग्ला नाईलनको साडीमा।…४

धेरैपछि सम्झना, आँखा छोपी बस न।…२
सुन त मलाई, यो के भाको?
उकालीमा पछि पछि, ओरालीमा अघि अघि।
यो केटी, के भाको ?
नदेखेसम्म को हो कोहो।
देखेपछि माया मोह।
सम्झाई देउ, यो मन।

जबसम्म यो छातीले मेरो, सास फेरिरहनेछ।
तबसम्मै आँखाले तिम्रो, बाटो हेरिरहनेछ।
तिमीसँग हिड्नलाई, पाईला मोडियो।
हिड्दा हिड्दै मेरो आफ्नो, बाटो भेटियो।
  
उकालीमा पछि पछि, ओरालीमा अघि अघि।
यो केटी, के भाको ?
नचिने सम्म, को हो कोहो।
चिने पछि माया मोह।
सम्हाल, यो मन।

उकालीमा पछि पछि, ओरालीमा अघि अघि।
यो केटी, के भाको ?
नदेखेसम्म को हो कोहो।
देखेपछि माया मोह।
सम्हाल, यो मन।

[फनटास्टिक, ओण्डरफुल, हुने थियो लाईफ।
मेरो मनको तालैमा, हाने तिम्ले डाईभ।]...२
एक्लो जीवनको परोब्लम भुलेर।…२
हे, आऊ नाचौ पातली, झम्झमी रुझेर।
[पानी पर्यो, असिना झर्यो।
दाईको रुमाल, भाउजुलाई मन पर्यो।]…२

[ईलास्टिक जस्तै तन्किने, मेरो लाईफ।
मेरो मनको तालैमा, नहाने तिम्ले डाईभ।]…२
राखौला फेसबुकमा, सेल्फी खिचेर।…२
हे, आऊ नाचौ पातली, झम्झमी रुझेर।
[पानी पर्यो, असिना झर्यो।
दाईको रुमाल, भाउजुलाई मन पर्यो।]…२

[हेप्पी, हेप्पी तिमी भए हेप्पी, हेप्पी।
म पनि हेप्पी, हेप्पी, हेप्पी]…३

[पानी पर्यो, असिना झर्यो।
दाईको रुमाल, भाउजुलाई मन पर्यो।]…२
You Might Also Like These Songs
Total Views