[कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै।
आकाश त एउटै देख्छु…२,तर धर्ती किन बेग्लाबेग्लै...२।]…२

तिमी नदि भई बग्छौ, म पहाड भै छेकिन्छु।…२
तिमी पहाड हुदाँ, म मैदानमै रोकिन्छु।
अस्ताई रहेछ घाम जुन।…२
तर साँझ बिहान एक्लै एक्लै।

पत्थरको चोट भन्दा,नमिठो एक्लोपन छ।…२
साथी छुटेर यात्रा, दुखिरहेको मन छ।…२
कहाँ थियो म जानु।…२
तर फर्कि कहाँ म एक्लै।

कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै।
आकाश त एउटै देख्छु।…२
तर धर्ती किन बेग्लाबेग्लै।
You Might Also Like These Songs
Total Views