[पर्खपर्ख मायालु, म पनि त आम्ला।
रेलको झ्याल समाएर, संगै भागम्ला।]…२
ए माया कहिले रोइदिम्ला,ए माया कहिले हासम्ला।
हे माया कहिले बसम्ला, हे माया कहिले नाचम्ला।
[पर्खपर्ख मायालु, म पनि त आम्ला।
रेलको झ्याल समाएर, संगै भागम्ला।]…२

चिसोचिसो पानीमा, हाम्रो जिन्दगानीमा।
माकुरा झैँ पिरतीको, जाल बुनम्ला।
हो……. आकाशको जुनतारा, नदेख्ने पो को छ र।
यस्तै जोडी जमाएर, संसार घुमम्ला।
ए माया कहिले रोइदिम्ला,ए माया कहिले हासम्ला।
हे माया कहिले बसम्ला, हे माया कहिले नाचम्ला।
[पर्खपर्ख मायालु, म पनि त आम्ला।
रेलको झ्याल समाएर, संगै भागम्ला।]…२

बनको चरी वनैमा, मनको कुरा मनैमा।
लजाउन्दै इशाराले, छेउमै  डाकम्ला।
हो……. पानको पातमा लेखेर, पछेउरीमा बेरेर।
मनमा केहि खोट भए, माफी मागम्ला।
ए माया कहिले रोइदिम्ला,ए माया कहिले हासम्ला।
हे माया कहिले बसम्ला, हे माया कहिले नाचम्ला।
[पर्खपर्ख मायालु, म पनि त आम्ला।
रेलको झ्याल समाएर, संगै भागम्ला।]…२
You Might Also Like These Songs
Total Views