[नजिक छौ तिमी, मेरो नजिक छौ।
मेरो मुटु भन्दापनि, नजिक छौ।]...२  
धडकन हौ, तिमी मेरो धडकन हौ।
मुटुको चालभन्दा, ठुलो धडकन हौ। 

[देख्दछु तिमीलाई, घामको झुल्को झैँ। 
हेर्दछु तिमीलाई, जुनको किरण झैँ।]...२   
भाग्य हौ, तिमी मेरो भाग्य हौ। 
मेरो प्राप्तीभन्दा ठुलो भाग्य हौ। 

[छैन सीमा तिमीभन्दा पर जाने। 
एउतै आत्मा हाम्रो, छैन केहि लाने।]...२
आस्था हौ, तिमी मेरो आस्था हौ। 
मेरो आत्मा भन्दाठुलो अर्थ हौ। 

नजिक छौ तिमी, मेरो नजिक छौ।
मेरो मुटु भन्दापनि, नजिक छौ।
धडकन हौ, तिमी मेरो धडकन हौ।
मुटुको चालभन्दा, ठुलो धडकन हौ। 
You Might Also Like These Songs
Total Views